परराष्ट्रमन्त्री खनाल न्युयोर्क जाँदै, राष्ट्रसंघीय महासभामा सहभागी हुने

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन ४, आईतबार (२ घण्टा अघि)
  • ४८ पटक पढिएको
परराष्ट्रमन्त्री खनाल न्युयोर्क जाँदै, राष्ट्रसंघीय महासभामा सहभागी हुने

काठमाडौं, ०४ असोज । संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको एक टोली आइतबार संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गर्दैछ ।

मन्त्री खनालको टोली आइतबार साँझ ६ बजे न्युयोर्क प्रस्थान गर्ने उनका प्रेस सल्लाहकार जगदीश्वर पाण्डेले जानकारी दिए ।

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न उच्चस्तरीय बैठक तथा मन्त्रिस्तरीय भेलामा सहभागिता जनाउने छन् ।

साथै, परराष्ट्रमन्त्री खनालले आफ्ना समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्तासमेत गर्ने कार्यक्रम छ ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन शाह १४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ६ असोजमा अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री शाहले महासभामा ८ असोजमा सम्बोधन गर्ने कार्यक्रम छ ।

ताजा अपडेट

खोजी गर्नुहोस