राजनीतिक विश्लेषक दाहाल मोरङमा पक्राउ, कारणबारे अनुसन्धान जारी

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन ४, आईतबार (५१ मिनेट अघि)
  • ३९ पटक पढिएको
राजनीतिक विश्लेषक दाहाल मोरङमा पक्राउ, कारणबारे अनुसन्धान जारी

विराटनगर, ०४ असोज । राजनीतिक विश्लेषक भरत दाहाल मोरङको बेलबारीबाट पक्राउ परेका छन् ।

मोरङका प्रहरी उपरीक्षक कवित कटुवालका अनुसार आइतबार बिहान बेलबारीबाट पक्राउ परेका हुन् ।

दाहालविरुद्ध मोरङमा कुनै उजुरी छैन । उनी पछिल्लो समय बालेन शाह सरकारका विरुद्ध सार्वजनिक रूपमा बोलिरहेका थिए ।

साइबर ब्युरोमा परेको उजुरीका आधारमा दाहाललाई पक्राउ गरेको कटवालले बताए ।

दाहाललाई आजै काठमाडौं पठाइने उनले बताए । दाहालविरुद्ध ब्युरोले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो ।

दाहाल बेलबारीमा कार्यक्रमका लागि पुगेका थिए । तर, प्रहरीले भने कार्यक्रमका बारेमा कुनै जानकारी नभएको बताएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस