नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी, ‘८ युद्ध अन्त्य गराएँ’ भन्दै जिकिर

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन २२, बिहिबार (१९ घण्टा अघि)
  • ४३ पटक पढिएको
नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी, ‘८ युद्ध अन्त्य गराएँ’ भन्दै जिकिर

२२ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आठवटा युद्ध अन्त्य गराएकाले नोबेल शान्ति पुरस्कार आफूले पाउनुपर्ने बताएका छन् ।

बुधबार ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले नोबेल शान्ति पुरस्कारका लागि आफू योग्य रहेको दाबी गरेका हुन् ।‘कुनै पनि राष्ट्रपतिले कहिल्यै युद्ध अन्त्य गराएका छैनन् । मैले आठवटा युद्ध अन्त्य गराएँ र सम्भवत: विश्वलाई पूर्ण रूपमा ध्वस्त हुनबाट पनि जोगाएँ,’ उनले भने, ‘त्यसैले मैले नोबेल शान्ति पुरस्कार पाउनुपर्छ’ ।

सन् २०२६ को नोबेल शान्ति पुरस्कारको घोषणा नोर्वेजियन नोबेल समितिले शुक्रबार गर्ने कार्यक्रम छ ।पुरस्कारबारे पत्रकारले सोधेको प्रश्नमा ट्रम्पले समितिको निर्णय आफूलाई थाहा नभएको बताए । ‘उनीहरूको यस्तो छवि छ कि सायद उनीहरूले म जस्ता मानिसलाई यो पुरस्कार दिँदैनन्,’ उनले भने ।दोस्रोपटक अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि ट्रम्पले आफू नोबेल शान्ति पुरस्कारको हकदार रहेको दाबी पटक–पटक गर्दै आएका छन् ।ओभल अफिसमा उनले यसपटक आफूले पुरस्कार पाउने समय आएको हुनसक्ने बताए । उनका अनुसार यसअघि नोबेल शान्ति पुरस्कार प्राप्त गरेका एक व्यक्तिले इतिहासमा अरू कसैभन्दा बढी आफू यो पुरस्कारका लागि योग्य रहेको बताएका थिए ।

‘उहाँमार्फत अप्रत्यक्ष रूपमा यो सम्मान पाएर म पहिले नै निकै सम्मानित महसुस गरिसकेको छु,’ ट्रम्पले भने ।यसअघि भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोले जनवरीमा आफ्नो सन् २०२५ को नोबेल शान्ति पुरस्कारको पदक ट्रम्पलाई हस्तान्तरण गरेकी थिइन् ।ट्रम्पले आफ्नो दोस्रो कार्यकाल सुरु गरेदेखि नै आफूले विश्वका विभिन्न द्वन्द्व अन्त्य गर्न भूमिका खेलेको दाबी गर्दै नोबेल शान्ति पुरस्कारका लागि आफ्नो दाबी प्रस्तुत गर्दै आएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस