भारत भ्रमणका बेला पञ्चेश्वरको मुद्दा उठाउन प्रचण्डले दिए बालेनलाई सुझाव

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ मंसिर ४, बिहिबार (२३ मिनेट अघि)
  • ३४ पटक पढिएको
भारत भ्रमणका बेला पञ्चेश्वरको मुद्दा उठाउन प्रचण्डले दिए बालेनलाई सुझाव

काठमाडौं ,०३ मंसिर।  नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा पञ्चेश्वरको बिषयलाई अघि बढाउन सुझाव दिनुभएको छ ।

रुसको भ्रमण सम्पन्न गरि बिहीबार स्वदेश फर्कनुभएका प्रचण्डले त्रिभुवन बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले आफु प्रधानमन्त्री हुँदा अघि बढाइएका पञ्चेश्वर परियोजना लगायतका कामहरू वर्तमान नेतृत्वले टुङ्ग्याएमा उचित हुने बताउनुभएको हो ।

उहाले विद्युत् व्यापारसम्बन्धी त्रिदेशीय सम्झौता र कृषि विकासका सहमति तथा समझदारीहरूलाई पनि अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

प्रचण्डले वर्तमान प्रधानमन्त्रीको कार्यशैली र भ्रमणबारे अस्पष्टता भए पनि राम्रो काम गर्दा समर्थन र सहयोग रहने तथा नराम्रो गर्दा आलोचना हुने स्पष्ट नीति रहेको धारणा राख्नुभयो ।

रुसमा आयोजित सम्मेलनमा विश्वमा भइरहेका युद्ध, तनाव, ‘ब्रिक्स’ , बहुध्रुवीय विश्व व्यवस्था, प्यालेस्टाइन र युक्रेन लगायतका विषयमा पार्टी र देशको स्पष्ट धारणा राखिएको उहाले जानकारी दिनुभयो ।

ताजा अपडेट

खोजी गर्नुहोस