धान काट्ने मेसिन बन्यो दुर्घटनाको कारण, दुई युवकको ज्यान गयो

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ मंसिर ४, बिहिबार (१७ मिनेट अघि)
  • ३६ पटक पढिएको
धान काट्ने मेसिन बन्यो दुर्घटनाको कारण, दुई युवकको ज्यान गयो

झापा ,०३ मंसिर। बाह्रदशी गाउँपालिका–५ चारपाने–राजगढ सडकमा धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्किँदा दुई जना युवकको मृत्यु भएको छ ।

विर्तामोडस्थित इलाका प्रहरी कार्यालयका प्रमुख सन्तोष पाठकका अनुसार धान काट्ने मेसिनमा मोटरसाइकल ठोक्किँदा बाह्रदशी–५ चकचकीका गोपाल ताजपुरिया र सोही पालिका बुट्टावारीका अशोक राजवंशीको घटनास्थलमा नै मृत्यु भएको हो । यो घटना गएरातिको हो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस