विमानस्थलमा सुरक्षा जाँचका क्रममा थाई गाजासहित भारतीय पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ मंसिर १२, शुक्रबार (४५ मिनेट अघि)
  • १५ पटक पढिएको
विमानस्थलमा सुरक्षा जाँचका क्रममा थाई गाजासहित भारतीय पक्राउ

काठमाडौँ,११ मंसिर। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाई गाजासहित एक भारतीय पुरुष पक्राउ परेका छन् । प्रहरीले शुक्रबार भारत उत्तर प्रदेशका ३३ वर्षीय शिवकुमार चौहानलाई पक्राउ गरेको हो ।

चौहान ४ केजी थाई गाँजासहित बङ्गलादेश हुँदै नेपाल आउने क्रममा विमानस्थलबाट पक्राउ परेका हुन् । एयर ड्रायर र कुकिज बिस्कुटको बट्टामा लुकाएर ल्याएको अवस्थामा गाँजा बरामद गरिएको लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरले जनाएको छ ।

चौहानबाट एक थान पासपोर्ट र मोबाइल बरामद गरिएको समेत प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस