अवैध सामानविरुद्ध प्रहरीको कारबाही, लाखौँको सामान बरामद

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ मंसिर १२, शुक्रबार (१ मिनेट अघि)
  • ९ पटक पढिएको
अवैध सामानविरुद्ध प्रहरीको कारबाही, लाखौँको सामान बरामद

सिरहा ,११ मंसिर। सिरहा जिल्लाका विभिन्न सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले ७ लाख ६५ हजार २०१ रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ। सोही क्रममा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिरहा नगरपालिका–१५ बुधौराका १८ वर्षीय दुर्गेशकुमार यादव रहेका छन्। सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हेडक्वार्टर सिरहाबाट खटिएको टोलीले बिहीबार जिल्लाका विभिन्न सीमावर्ती क्षेत्रमा सञ्चालन गरेको सुरक्षा तथा निगरानी अभियानका क्रममा उक्त सामान बरामद गरेको हो।

सशस्त्र प्रहरीका अनुसार भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा मोटरसाइकल, लत्ताकपडा तथा अन्य सामग्री नियन्त्रणमा लिइएको हो।

 

ताजा अपडेट

खोजी गर्नुहोस