वर्तमानकाल संवाददाता । रौतहट । माघ २७ गते
रौतहट जिल्लाको सदरमुकाम गौरमा स्थानिय तहका पदाधिकारीहरु सँग मुसलिम समुदायका हक हितको संरक्षण संबद्र्धन र सशक्तिकरण विषय एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मुसलिम आयोग ज्वाखेल ललितपुरले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमको अध्यक्षता मुसलिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले गर्नु भएको थियो ।
जिल्ला सम्नवय समितीको सभा हलमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रमको सुभारम्भ आयोग राष्ट्रिय अध्यक्ष अन्सारीले गमलामा पानी हालेर गर्नु भएको थियो । अन्तरक्रिया कार्यक्रममा अन्सारीले मुसलिम समुदायको हक अधिकार प्राप्तीको लागी आफु सदैव आवाज उठाउने र आवश्यक निती बनाउने कार्यन्वयनको लागी समेत आफु लागि परेको बताउनु भयो । मुसलिम समुदायमा विशेष गरि शिक्षा अभाव भएका कारण विभिन्न नगरपालिकाले शिक्षामा विशेष गरि ध्यान दिइ काम गर्नु पर्ने आवश्यकता रहेको समेत वहाँले जिकिर गर्नु भयो । अन्तरक्रिया कार्यक्रममा रौतहट जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव ,प्रहरी नायब उपरिक्षक भरत श्रेष्ठ भरत श्रेष्ठ , गौर नगरपालिकाका नगर प्रमुख अजय गुप्ता ,यमुनामाइ गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद मुखिया , फतुवा विजयपुर नगरपालिकाका मेयर गोपाल राय यादव सहित जिल्ला भरिका नगर प्रमुख , प्रशासकिय अधिकृत , सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।