वर्तमानकाल संवाददाता । रौतहट । फागुण ९ गते
नेकपा प्रचण्ड माधव पक्षका नेता एवं रौतहटका प्रदेश सांसद नागेन्द्र यादवले आउँदो निर्वाचनमा आफु सांसद पदमा लडने बताएका छन ।
पार्टीले चाहेको खण्डमा आफु सांसद पदमा चुनाव लडन तयार रहेको प्रदेश सांसद यादवले बताएका छन ।
आफनै निवास जयराजपुरमा आज पत्रकारहरुसँग विशेष कुराकानी गर्दै प्रदेश सांसद यादवले अबको प्रतिनिधिसभाको निर्वाचनमा रौतहट क्षेत्र नं ३ बाट सांसद पदमा चुनाव लडने बताएका हुन ।
हाल रौतहट निर्वाचन क्षेत्र नं ३ को क बाट प्रदेशसभा सदस्यमा निर्वाचित प्रदेश सांसद नागेन्द्र यादवले पार्टीले जिम्मेवारी दिए आफु सांसद पदमा पनि चुनाव लडन तयार रहेको बताएका हुन ।
रौतहटको क्षेत्र नं ३ स्थित गुजरा नरपालिका ८ जयराजपुर निवासी प्रदेश सांसद यादवले पार्टीले आफुलाई सांसद वा विद्यायकको जुन पदको लागि टिकट दिएपनि पार्टीले दिएको जिम्मेवारी निर्वाह गर्न आफु पछि नहटने उदघोष गरेका हुन ।
सांसदमा लडने सोच आफना रहेकोले पार्टीले जिम्मेवारी दिएपछि सांसद पदमा लडन पछि नहटने उनले बताए ।
आफुले आफना पार्टी नेकपाको पुष्प कमल दहाल प्रचण्ड र माधव कुमार नेपाल समुहबाट नै चुनाव लडने समेत उनले बताए ।
क्षेत्र नं ३ मा सुस्त गतिमा विकास भएको देखेर आफना क्षेत्रको विकासका लागि सांसद पदमा नै लडने आफनो योजना रहेको उनले बताए ।