धान किसानलाई बजारको सुनिश्चितता, सरकारले १५ हजार मेट्रिक टन धान किन्ने

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन २७, मंगलबार (१ महिना अघि)
  • २०४ पटक पढिएको
धान किसानलाई बजारको सुनिश्चितता, सरकारले १५ हजार मेट्रिक टन धान किन्ने

रौतहट,२७ असोज।  सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५ हजार मेट्रिक टन धान खरिद गर्ने भएको छ ।

धान खरिद गर्न ६७ करोड ५० लाख रुपैयाँ विनियोजन भएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग समन्वय भइरहेको जनाएको छ ।

कृषि मन्त्री गीता चौधरीको निजी सचिवालयका अनुसार खरिद प्रक्रिया प्रारम्भ भएको तथा आर्थिक वर्ष २०८३/८४ का लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ६६० र मोटा मध्यम धानको प्रतिक्विन्टल तीन हजार ८६० रुपैयाँ तोकिएको छ ।

न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्दा किसानले उत्पादनको उचित मूल्य पाउने र बजारमा मूल्यसम्बन्धी अनिश्चितता कम हुने सचिवालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस