शिवनगरधाममा प्राइम कमर्सियल बैंकको एटिएम सेवा सञ्चालन

शिवनगरधाममा प्राइम कमर्सियल बैंकको एटिएम सेवा सञ्चालन

रौशन कुमार चौधरी / असोज ३०, रौतहट

रौतहटको शिवनगरधाममा प्राइम कमर्सियल बैंक लिमिटेडले एटिएम सेवा सञ्चालनमा ल्याएको छ। लामो प्रतीक्षापछि शुक्रबारदेखि एटिएम सेवा सुरु भएसँगै शिवनगरधाममा आउने भक्तजन, स्थानीय बासिन्दा, व्यापारी र बैंकका ग्राहकलाई नगद रकम झिक्न सहज हुने भएको छ।

शिवनगरधाम धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण आस्थाको केन्द्र हो। दैनिक ठूलो संख्यामा भक्तजन आउने गरे पनि एटिएम सुविधा नहुँदा लामो समयदेखि समस्या हुँदै आएको थियो।

बैंकका शाखा प्रबन्धक अजयप्रसाद यादवका अनुसार भक्तजन र उपभोक्ताको समस्या मध्यनजर गर्दै एटिएम सेवा सञ्चालनमा ल्याइएको हो।

शुक्रबार आयोजित कार्यक्रममा शिवनगरधाम मन्दिरका मुख्य पुजारी एवं महन्त किशुन देव गिरी र प्राइम कमर्सियल बैंक मधेश प्रदेश प्रमुख बुद्धिराज बरालले संयुक्त रूपमा एटिएम उद्घाटन गर्नुभएको थियो। हिन्दू परम्पराअनुसार मन्त्रवाचनसहित पूजा गरेर एटिएम सञ्चालनमा ल्याइएको थियो।

महन्त गिरीले शिवनगरमा एटिएम सञ्चालन हुनु स्थानीय र भक्तजनका लागि खुसीको विषय भएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘पहिले रकम चाहिँदा चेक काट्नुपर्ने वा ई-सेवामार्फत झन्झट व्यहोर्नुपर्थ्यो, अब सहज भयो।

प्रदेश प्रमुख बरालले एटिएमबाट ग्राहकले काउन्टरको लाइन र झन्झटबाट मुक्ति पाउने बताउनुभयो।

बैंकका अनुसार शिवनगरको एटिएमबाट बिहान ६ बजेदेखि बेलुका ९ बजेसम्म रकम झिक्न सकिनेछ। एक हजार, पाँच सय र एक सय रुपैयाँका नोट समेत उपलब्ध हुने र सानो रकम चाहिने भक्तजनलाई थप सहज हुने बैंकको भनाइ छ।

एटिएम सेवा सुरु भएपछि स्थानीय व्यवसायी वीरेन्द्र ठाकुर लगायत स्थानीयले खुसी व्यक्त गरेका छन्।

लेखकको बारेमा

  • उहाँ Wartman Kal Dainik डट कम का लागि सम्पादक तथा संवाददाता हुनुहुन्छ |

  • लेखकको सामाजिक सञ्जाल

    थप आर्टिकलहरु :

    ताजा अपडेट

    खोजी गर्नुहोस