
रौतहट, २०८३ असोज ३० गते ।
७१ औं प्रहरी दिवस २०८३ को विशेष अवसरमा मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामद्वारा आयोजित एक विशेष समारोहका बीच जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक अरबिन्द कुमार साह सम्मानित हुनुभएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाको अपराध अनुसन्धान तथा अभियोजन शाखामा कार्यरत रही उहाँले अपराध अनुसन्धान तथा अभियोजनको क्षेत्रमा देखाउनुभएको उच्च कार्यसम्पादन, व्यावसायिक निष्ठा र कर्तव्यपरायणताको कदर गर्दै मधेश प्रदेश प्रहरी अन्तर्गत यस वर्षको ‘उत्कृष्ट अनुसन्धानकर्ता’ घोषणा गरिएको हो।
भव्य समारोहका बीच प्रमुख अतिथि गृह तथा संचार मंत्री फकिरा महतोको उपस्थितिमा मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायव महानिरीक्षक (डीआईजी) श्री ओम प्रसाद अधिकारीज्यू द्वारा हस्ताक्षरित प्रशंसा-पत्र तथा पुरस्कार प्रहरी निरीक्षक साहलाई हस्तान्तरण गरिएको थियो।
उक्त अवसरमा कार्यालय प्रमुख तथा उपस्थित वरिष्ठ प्रहरी अधिकारीहरूले उत्कृष्ट अनुसन्धानकर्ता साहले कार्यक्षेत्रमा पुर्याउनुभएको योगदानको उच्च प्रशंसा गर्दै हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभएको थियो।
प्रहरी निरीक्षक साह लामो समयदेखि धनुषा जिल्लामा जटिल प्रकृतिका अपराधहरूको सफल अनुसन्धान गरी पीडितलाई न्याय दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ।

उहाँ Wartman Kal Dainik डट कम का लागि सम्पादक तथा संवाददाता हुनुहुन्छ |
