राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साको वडा इकाइ गठन तथा सक्रिय सदस्यता वितरण

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७७ चैत्र ५, बिहिबार (४ साल अघि)
  • ७ पटक पढिएको
राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साको वडा इकाइ गठन तथा सक्रिय सदस्यता वितरण


मानिकचन साह
वीरगञ्ज, ०५ गते, चैत्र ।

गते राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साको वडा इकाई गठन तथा सक्रिय सदस्यता वितरण जारी राखेको छ। त्यसतै गठनको सिलसिलामा सखुवापर्सौनी गाउँपालिका वडा नम्बर –२ मा राष्ट्रिय प्रजातन्त्र पार्टीको पुर्व मान्नियका उम्मेदवार विश्वनाथ गिरी तथा जिल्ला अध्यक्ष अंगद ठाकुरको सभापतित्वमा तथा जिल्ला उपाध्यक्ष अवधकिशोर साह केन्द्रिय सदस्य नगिना यादव, अर्जुन सिंह ठकुरी, जिल्ला कोषाध्यक्ष चन्द्रीका सहनी ,बिरगंज महानगर अध्यक्ष जलेश्वर सरार्फ लगायतका उल्लेखनीय सहभागिताहरुको बिचमा सद्स्यता वितरण तथा ६१ सदस्यीय गाउँ ईकाई कमिटी गठन भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी कुनैबेला देशको प्रतिनिधित्व गर्दै जनताहरुको हरेक दुखसुखमा सहजताका साथ आफ्नो सहभागिता गरेको तर केही नेताहरुको व्यक्तिगत स्वार्थको कारणले पार्टी बिग्रेको र अब सुधार गर्दै अगाडी बढनुको विकल्प नरहेको वक्ताहरुले आफ्नो सुझाव तथा सल्लाह दिएका थिए । अबको आउँदो
े दिनहरूमा पार्टी र कार्यकर्ताहरुको बिचमा नङ्ग र मासुको सम्बन्ध हुनुपर्छ र त्यही अनुरुप अगाडी बढने प्रतिबद्धता समेत जाहेर गरेका थिए।

ताजा अपडेट

खोजी गर्नुहोस