प्रदीप दास । चैत्र ०५ गते।
नमस्कार । स्वागत छ , यहाँलाई वर्तमानकाल दैनिक पत्रिकाको यो नयाँ संवादमा ।
-धन्यवाद ।
प्रश्न नम्बर – १ तपाईको आफ्नो परिचय दिनुहोस।
–मेरो नाम हेम प्रसाद साह हो। मेरो जन्म स्थान रौतहटको पिपरा पोखरिया गाविस वडा नम्बर –१ मेरो हालको भन्नु पर्दा कटहरिया नपा वडा नम्बर – ८ हो। पढाईको क्रममा बाहिर बस्दा बस्दै गरुडामा आफ्नो कार्यले एचपीएस पब्लिकेसनबाट सुरु गरेर २०६६ सालमा गरुडाबाट आफ्नो क्षेत्रमा प्रत्येक क्षेत्रबाट असुरक्षित महसुस भएपछी म अहिले गरुडाबाट सरेर अहिले बिरगंजमा एचपीएस पुब्लिकेसन चलाउदै आएको छु ।
प्रश्न नम्बर –२ तपाई शिक्षकको साथै लेखक पनि हुनुहुन्छ ,यो पेसाले तपाई कतिको सन्तुष्ट हुनुहुन्छ ?
– शिक्षकको रुमा मैले २ वर्ष मात्रै काम गर्न पाए को थिए र २०६३ सालमा मैले आफ्नो प्रथम किताब निकाले अनि मेरो किताबलाई विद्यार्थीहरु धेरै मन पराएको थियो त्यहि वर्ष देखि नै मैले किताब छाप्न थालेको हुँ। अहिले पनि लाखौ लाख विद्यार्थीहरु मेरो किताब मन पराएका छन्। म लेखन कार्यबाट सन्तुष्ट नै छु र आर्थिक रुपमा पनि ठिकै यसका साथ् साथै यो क्षेत्रमा धेरै नाम पनि कमाएको छु।
प्रश्न नम्बर –३ तपाई लेखक भएर कुन भाषामा बिशेष रुपमा पुस्तक लेख्नुहुन्छ ?
–म लेखक भएर अंग्रेजी भाषामा पुस्तक लेख्ने गर्छु।
प्रश्न नम्बर –४ तपाई शिक्षक हुनुभन्दा पहिला के गर्दै हुनुहुन्थ्यो ?
–मैले शिक्षक हुनुभन्दा पहिला पढने र पढाउने काम मात्र गर्थे।
प्रश्न नम्बर –५ सुन्नमा आएको छ सर कि ,तपाईलाई मान्छेहरु मधेशको हैण्ड्सम युवा भनेर चिनिने गर्छ ?
– त्यो त मलाई थाहा भएन आफ्नो आफ्नो सोच हुन्छ ,त्यो मान्छेको पर्सनालिटीमा भर पर्छ। जहाँ सम्म मलाई लाग्छ कि मधेशको हैण्ड्समको युवाको दर्जा चाही मेरो पर्सनालिटी हेरेर दिएको होला ,वहाहरुलाई मेरो प्रसंशा गरेकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु।
प्रश्न नम्बर –६ यसको साथ साथै म तपाई लाई भन्न चाहन्छु ,तपाई पार्टीमा पनि आबद्ध हुनुहुन्छ ,त्यो कुन पार्टी होला ?
–मैले आधिकारिक रुपमा सदस्यता लिएको जनमत पार्टी हो। बीचमा अलिकति विचारहरु न मिलेर राजिनामा पनि दिएको थिए। साथिहरु दवाव दिएर सदस्यता दिलाए पनि अब मन चाही त्यति पार्टीमा बस्ने ध्यान छैन मलाई भन्नु पर्दा अहिले पनि जनमत पार्टी मै छु। म अर्को पार्टीमा जान चाहन्न ,र कहिल्यै पनि जादिन। हाम्रो देशमा सबै पार्टी जनताको लागि गरेको कामहरु सर्वबिदितै छ। त्यहि पार्टीहरुको मान्छेहरु फुटाएर जनमत पार्टी गठन गरेको हो जुन कि मधेशको लागि राम्रो काम गर्न सक्छ जस्तो मलाइ लाग्छ।
प्रश्न नम्बर –७ तपाई आफ्नो मातृभूमिलाई कति माया गर्नु हुन्छ ,त्यहाँको शिक्षाको अवस्था कस्तो रहेको छ ?
–म आफ्नो मातृ भूमिलाई असाध्यै माया गर्छु। यहाँको शिक्षाको अवस्था भन्नु पर्दा एकदमै खराब रहेको देखिएको छ। अब कस्तो छ भने तपाईको जनताप्रति समर्पित नेता धेरै कम छ शिक्षाप्रति ध्यान दिने कमै छ। मात्र आफ्नो स्वार्थमा लिन हुने नेताहरुको कारण बिद्यालयहरु सुधार हुन नसकेको देखिएको छ।
प्रश्न नम्बर –८ रौतहटको शिक्षाको सन्दर्भमा तपाई के कस्तो विचार राख्नु हुन्छ ?
–रौतहटमा त पहिला के छ कि अब स्कुलको जुन हाम्रो शिक्षा विभाग जुन शिक्षाको मापदण्ड अनुसार भौतिक संरचना ,कक्षा कोठा ,डेस्क ,बेञ्च ,विद्यार्थी संख्याको अनुपातमा शिक्षकको दरबन्दी त्यो हामी कुनै स्कुलको शिक्षा सुधार अभियान चलाउन जान्छौ ,हाम्रै गाउँमा जान्छौ स्कुल सुधार्न को लागि त्यहाँको रजिस्टरमा ४०० सय विद्यार्थी छ शिक्षक दरबन्दी १ जना छन् ,एक जना शिक्षकमा के सुधार गर्ने ,सरकारले शिक्षक व्यवस्था गर्दिनु पर्ने काम हो ,मैले त आफ्नो घरबाट शिक्षक राख्ने कुरा त होइन।
प्रश्न नम्बर –९ तपाई पनि रौतहटकै लाल हुनुहुन्छ यहाँ शिक्षामा सुधार गर्नको लागि कस्तो कदम चाल्नु हुन्छ?
–म आफ्नो विचार के दिन चाहन्छु भने हाम्रो रौतहटमा गुणस्तरीय शिक्षाप्रति कुनै पनि नेताको चासो देखिएको छैन। विद्यालयहरुमा जब सम्म राजनीति रहन्छ तब सम्म गुणस्तरीय शिक्षाबाट विद्यार्थीहरु बन्चित नै रहन्छ ,जस्तो मलाई लागि रहेको छ।
हवस्त ! नमस्कार, तपाई आफ्नो बहुमूल्य समय दिनुभएको मा।
धन्यवाद ! वर्तमानकाल दैनिक पत्रिकालाई जुन मलाई आफ्नो मनको कुरा जनता सामु पुर्याउने मौका दिनु भएकोमा।