प्रदीप दास। गरुडा। चैत्र ०६ गते।
रौतहट जिल्लाको कटहरिया नगरपालिका वडा नम्बर -१ भसेड्वामा अवस्थित श्री माध्यमिक विद्यालय भसेड्वामा वालवालिकालाई साहित्य सम्बन्धि पुस्तक बितरण गरिएको छ। वालवालिकाको वौद्धिक विकासका साथ् साथै पढाईप्रति आकर्षण बढाउनका लागि उक्त साहित्य नामक पुस्तक ८५ जना विद्यार्थीहरुलाई वितरण गरिएको हो। मा बि भसेड्वामा उक्त साहित्य नामक पुस्तक कक्षा १ देखि कक्षा ३ सम्मका स( साना वालवालिकालाई वितरण गरिएको बताईएको हो। विद्यालयका प्रअ सचिन्द्र प्रसाद यादवका अनुसार उक्त साहित्य सम्बन्धि पुस्तक दिनुको मूल उद्देश्य वालवालिकाको साहित्य प्रतिको झुकाव बढाउने ,पढाई शिपको विकास हुने र घरमा वालवालिका खेलमा ध्यान नदिई पढाई प्रति आकर्षित हुने देखिएकोले यो साहित्य सम्बन्धि पुस्तक ८५ जना विद्यार्थीहरुलाई हस्तान्तरण गरिएको बताउनु भएको हो। उक्त साहित्य पुस्तक वितरण कार्यक्रममा विद्यालयका शिक्षक शिक्षिका ,विद्यार्थीहरु ,गाउँका भरभलादमी लगायत सयौं सर्वसाधारणको उपस्थिति रहेको थियो।