आरके श्रीवास्तव । चैत्र ०८ गते
सर्लाही जिल्लाम बज्जिका भाषा र साहित्य समृद्धि अभियान अन्तर्गत बैठक सम्पन्न भएको छ । शनिवार जिल्लाको गोडैता नगरपालिकामा बज्जिका क्षेत्रका अभियन्ताहरुको भेला बोलाइएको थियो । सो नगरपालिकाको वडा नम्बर ९ बकैनिया टोलमा शिक्षासेवी जियालाल रायको आयोजनमा सो कार्यक्रम गरिएको थियो । कार्यक्रमको अध्यक्षता साहित्यकार एवम् बज्जिका भाषाका अभियन्ता संजय साह मित्रले गर्नु भएको थियो भने प्रमुख अतिथीको रुपमा डा.कमलेश्वर सिन्हा रहनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथी सिन्हा र अध्यक्षता गरिहेका मित्रले सँयुक्त रुपमा दिप प्रज्वलन गरि सुभारम्भ यरेका थिए । कार्यक्रमलाइ संचालन रामचन्द्र महतो कुशवाहाले गर्नु भएको थियो । बैठक बाट बज्जिका भाषा , साहित्य , संस्कृतिको विकासको हेतु बज्जिका समृद्धि समाज नेपाल नामक संस्था गठन गर्ने निर्णय गरिएको थियो । जसको संरक्षकमा डा. कमलेश्वर कुमार सिन्हा , अध्यक्षमा जियालाल राय , उपाध्यक्षमा रामचन्द्र महतो कुशवाहा , सचिवमा राजेन्द्र ठाकुर ,सह सचिवमा सञ्जय सुदामा , कोषाध्यक्षमा विनिता साह , सदस्यमा मनोज कुमार यादव , रघुनाथ झा,चन्द्रशेखर रस्तोगी ,मनमोहन सिंह मनोहर , राम पवित्र साह रहेका छन् । सो संस्थाको सल्लाहकारमा बज्जिका साहित्य संगमका अध्यक्ष किसुन दयाल यादव , बज्जिका पत्रकार समाजका अध्यक्ष राजु कुमार श्रीवास्तव , रामेश्वर यादव , महादेव झा सहितका व्यक्तीहरु रहेका छन् ।
त्यस्तै कार्यक्रममा बोल्दै वक्तहरुले नव गठित संस्थाका पदाधिकारीहरुलाइ कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै बज्जिकाको उथानको लागि यो संस्थाले अग्रणी भूमिका निर्वाह गर्नेमा आशा समेत व्यक्त गरेका थिए । साथै अब हुने जनगणनामा बज्जिका भाषा नै छनौट गर्नका लागि सबै जनाले आ आफनो तर्फ बाट पहल गर्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा साहित्यकारहरुले आ आफनो कविता लेख रचना वाचन गरेर सुनाएका थिए । सर्लाहीमा बज्जिाको क्षेत्रमा प्रथम संस्था गठन भएको प्रति खुशि व्यक्त गर्दैै वक्ताहरुले अब रौतहट पछि सर्लाहीमा पनि जोरसोरले बज्जिकाको प्रचार प्रसार र विस्तार हुनेमा विश्वास समेत व्यक्त गरेका थिए । बैठकमा बज्जि त्रैमासिक पत्रिकाको आउँदो चैत्र २८ गते लोकार्पण हुने सो पत्रिका कार्यकारी सम्पादक सुदामाले जानकारी गराउनु भयो । सो अवसरमा साहितयकार संजय साह मित्र , प्रअ रामअधार पासवान ,बज्जिका साहित्य संगमकी उपाध्यक्ष रेणु गुप्ता , सहित रौतहट सर्लाही बज्जिका भाषाका अभियन्ताहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।