लागु औषध गांजा सहित १ जना मानिस पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७७ चैत्र ८, आईतबार (४ साल अघि)
  • ५ पटक पढिएको
लागु औषध गांजा सहित १ जना मानिस पक्राउ

विणा श्रीवास्तव । गाैर । चैत्र ०९ गते

लागु औषध गांजा सहित १ जना मानिस पक्राउ परेका छन् । रौतहट गौर नगरपालिका वडा नं.४ टिकुलीया वस्ने वर्ष ४४ को झिङ्गुर भन्ने हरी किशोर सहनीले लागु औषध गाँजा राखेको छ भन्ने विशेष सूचनाको अधारमा यस जिल्ला प्रहरी कार्यालय, रौतहटबाट खटिएको प्रहरी टोलीले निजको गोठघरको वरीपरी चेकजाँक गर्दा गोठघर नजिकै रहेको ट्वाईलेटमा प्लाष्टिकको सेतो रंगको बोरा भित्र घ्यु रंगको टेपले बेरी प्याक गरी राखेको अवस्थामा १२ किलो ५०० ग्राम लागु औषध गाँजा फेला पारी गांजा सहित निज झिङ्गुर भन्ने हरी किशोर सहनी समेतलाई नियन्त्रणमा लिई सम्मानित रौतहट जिल्ला अदालतबाट दिन ५ म्याद थप लिई न्यायीक हिरासतमा राखि अनुसन्धान कार्य भईरहेको प्रहरीले जानाएकाे हाे ।

ताजा अपडेट

खोजी गर्नुहोस