महासंघको सदस्याता पाउनुपर्ने माग राख्दै सक्रिय पत्रकारद्धारा महासंघ रौतहटको कार्यालयमा तालाबन्दी ।

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७७ चैत्र १०, मंगलबार (४ साल अघि)
  • ४ पटक पढिएको
महासंघको सदस्याता पाउनुपर्ने माग राख्दै सक्रिय पत्रकारद्धारा महासंघ रौतहटको कार्यालयमा तालाबन्दी ।

आरके श्रीवास्तव चैत्र ९ गते, रौतहट ।

रौतहटका सक्रिय पत्रकारहरुले आज नेपाल पत्रकार महासंघ रौतहटको कार्यालयमा तालाबन्दी गरेका छन । पत्रकार महासंघको सदस्यता दिनुपर्ने माग राख्दै सक्रिय पत्रकारहरुको समुहले आज दिउँसो नेपाल पत्रकार महासंघ रौतहट शाखाको कार्यालय गौरमा तालाबन्दी गरेका छन । महासंघले लामो समयदेखी सक्रिय पत्रकारहरुलाई सदस्याता दिनबाट बञ्चित गराएको भन्दै उनिहरुले महासंघको कार्यालयमा ताल्चा लगाएका छन । आफुहरुलाई महासंघले सदस्याता दिनबाट आलटाल गर्दै आएको र सदस्याता दिनलाई कुनै चासो नदिएकोले बाध्य भएर महासंघको कार्यालयमा तालाबन्दी गर्नुपरेको पत्रकार सत्यन्द्र प्रताप सिंहले बताएका छन । आफुहरुले शुरुमा शाखाको अध्यक्ष रबिन्द्र प्रसाद साहलाई ज्ञापनपत्र बुझाएर कार्यालयमा ताल्चा लगाएको पत्रकार सिंहले बताए । रौतहट शाखाको अध्यक्ष साह कार्यालयमा बसिरहेका समयमा गएका क्रियाशील संचारकर्मीहरुको एक समुहले आफुहरुलाई सदस्यता बाट बन्चित गराएको भन्दै सदस्यता पाउनुपर्ने माग गर्दै अध्यक्ष साहलाई बाहिर निकाली कार्यालयमा तल्ला बन्दी गरेको हो । रौतहट जिल्लाका कृयाशिल संचारकर्मीहरुले विगतमा नयाँ सदस्यत्ताकाको लागि पटक पटक रौतहट शाखा र प्रदेश समिति २ मा माग निवेदन दिए पनि ध्यान नदिएको र महासंघको सदस्यत्तावाट बञ्चित गराउने कार्य गरेकोले बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको अर्का पत्रकार दिलिप पाण्डेले बताएका छन । महासंघले सदसता नदिए सम्म वा सदस्याताका लागि कुनै ठोस निर्णय नगरेसम्म आफुहरुको आन्दोलन जारी नै रहने क्रियाशील पत्रकारहरुले बताएका छन । तालाबन्दीले पनि माग पुरा नभए यो भन्दा कडा आन्दोलनको कार्यक्रम गर्ने उनिहरुले चेतावनी समेत दिएका छन ।

ताजा अपडेट

खोजी गर्नुहोस