राजेश पासवान ।चैत १२ गते। रौतहट ।
नेपाल शिक्षक संघ रौतहटको दोस्रो र तेस्रोसंयुक्त प्रतिनिधि सभा सम्पन्न भएको छ। रौतहटको वृन्दावन नगरपालिका वडा नम्बर ८ मा अवस्थित श्री नमुना मा.वि.बरगजवाका प्रङगणमा भएको कार्यक्रममा शिक्षकहरुलाई सम्मान समेत गरिएको छ।
शिक्षण पेशामा रहि सेवा गरेर सेवा निवृत्त भएका नेपाल शिक्षक संघमा आवद्ध ५१ जना शिक्षकलाई दोसल्ला ओढाई सम्मानपत्रका साथ सम्मान गरेको हो। यसरी सम्मानित हुनेमा प्रदेश नम्बर २ को विभिन्न जिल्लामा शिक्षा क्षेत्रमा योगदान पुर्याएका विभिन्न प्रधानाध्यापक,शिक्षक,शिक्षिका तथा शिक्षक प्रतिनिधिहरु रहेका छन्।
नेपाल शिक्षक महासंघका प्रदेश २ का अध्यक्ष मेघनाथ यादवको सभापतित्यता र नेपाली कांग्रेसका महामन्त्री डा.शसांक कोइरालाको प्रमुख अथितियतामा सो नेपाल शिक्षक संघको दोस्रो र तेस्रो प्रतिनिधि सभाको उदघाटन भएको छ। उद्घाटन गर्दै प्रमुख अतिथि कोइरालाले देश भरी रहेका सामुदायिक विद्यालयहरु प्रति आकर्षण बढाउदै शैक्षिक सुधारका लागि नेपाली कांग्रेस सधै तत्पर रहने बताए।
संघीय शिक्षा नियमावली तथा प्रदेश शिक्षा ऐन नियामवाली आउन नसकेकाले स्थानीय शिक्षा ऐन अन्योलमा परेको धारणा राख्दै न्यून पारिश्रमिकमा काम गरिरहेका बाल शिक्षक र कर्मचारीहरुको सेवा सुबिधा पुनरविचार गर्ने बारेमा स्थानीय सरकार सकरात्मक रहेको बताए।
साथै नेपाल शिक्षक संघ प्रती स्थानीय सरकारको ध्यानाकर्षण गराउदै शिक्षासँग सम्बद्ध निकाय, स्थानीय सरकारका प्रतिनिधि, सामाजिक विकास समितिहरुबीच छलफल गरेर निकास निकाल्ने बताएका छन्।
शिक्षक संघको दोस्रो र तेस्रो प्रतिनिधि सभामा बोल्ने अधिकांश बक्ताले शैक्षिक गुणस्तर सुधारका लागि स्थानीय सरकारले शिक्षा क्षेत्रमा बजेट बृद्वी गर्नु पर्ने धारणा राखेका थिए। शिक्षामा बजेट बृद्धी गर्नु पर्नेमा भएको बजेट समेत कटौती गर्नु बिडम्बना भएको बताएका थिए। यसरी मन्तब्य राख्नेहरुमा नेपाकांगेस का महामन्त्री शसांक कोइराला,पुर्व वन मन्त्री शंकर भण्डारी,पुर्व शिक्षा मन्त्री चित्रलेखा यादव,पुर्व कृषि मन्त्री कृष्ण यादव, नेपाल शिक्षक महासंघका अध्यक्ष राजेन्द्र पौडेल, रौतहट क्षेत्र नम्बर ४ का सांसद देव प्रसाद तिमिल्सिना,वृन्दावन नगरपालिका का नगर प्रमुख रामसनेही यादव र नेपाल शिक्षक संघ रौतहटका अध्यक्ष रामकृपाल यादव लगायत दर्जनौं व्यक्ती रहेको थियो ।
बुधवारको कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ भने बन्द शत्र चैत्र १२ गते विहिवारका दिन चन्द्रपुरको ए एन प्लाजामा हुने त्यस अवसरमा सो कार्यक्रममा विभिन्न जिल्लाबाट आएका शिक्षक प्रतिनिधि विभिन्न नेपाली कांग्रेसका विभिन्न नेता कार्यकर्ता शिक्षक–शिक्षिका स्थानिय तथा पत्रकारहरुको पनि उपस्थिति रहेको थियो भने कार्यक्रम संचालन रामकृष्ण मण्डलले गरेका थिए ।