सरिता श्रीवास्तव । रौतहट । चैत १८ गते
रौतहटमा विवेकशील साझा पार्टीको वार्ड समिती गठन भएको छ । देशकै हरेक स्थानिय तह तथा वार्ड स्तरमा समिती गठन गर्ने योजना अनुरुप रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकाको वार्ड न २ खिल्ल कुमार कुवारको सम्योजक्तवमा र ईन्द्रकुमारीको उप सम्योजक्तवमा २३ सदस्य वार्ड समिती गठन भएको छ ।
रौतहट जिल्ला समयोजन तथा चन्द्रपुर नगरपालिका वार्ड न २ समिती घोषणा कार्यक्रममा उक्त समिती घोषणा भएको छ । उक्त कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य विवेक शर्माले शिक्षा र स्वास्थ्य निशुल्क तथा रोजगारीको सुविधा दिने पुर्नरुपमा राज्यको दायित्व हुनु पर्छ भन्ने जोड दिनु भएको छ । कार्यक्रमको सम्बोधन गर्दै सङ्गठन बिभाग प्रमुख तथा सङ्घिय सचिवालय सदस्यले भन्नू भयो हामी यो देशमा सु सन्सकृत तथा ईमानको राजनितिको सुरुवात गर्दै छौ । अबको चुनावमा हामी राष्ट्रिय पार्टी अवश्य बन्ने छौ वहाले आफ्नो वक्तव्यमा थप्नु भयो ।
देशमा लोक कल्याणकारी लोकतन्त्रको आवश्यकाता जुन हाम्रो विवेकशील साझा पार्टीले मात्र ल्याउन सक्छ भने पार्टीका नीति बिभाग प्रमुख तथा सङ्हिय सचिवालय सद्स्य सन्जिव भट्टराईले दावा गर्नु भएको छ । उक्त कार्यक्रममै लखिन्द्र कुमार गुप्ताको सम्योजक्तवमा रौतहट जिल्लाको जिल्ला समिती समायोजन भएको छ ।
उक्त कार्यक्रम विवेकशील साझा पार्टीको केन्द्रीय सदस्री विवेक शर्माको अध्यक्षतामा सम्पन्न भएको छ ।