ओम प्रकाश यादव । रौतहट । चैत्र १८ गते
रौतहटको पिपरा बजारमा आज होली मिलन साँस्कृतिक समारोह कार्यक्रम उत्साहपुर्वक सम्पन्न भएको छ ।
जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य एवं प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवको प्रमुख आतिथ्यमा उक्त होली मिलन साँस्कृतिक समारोह कार्यक्रम भव्याताका साथ सम्पन्न भएको छ ।
जनता समाजवादी युवा संघका केन्द्रिय अध्यक्ष समेत रहेका राज्य मन्त्री यादवले होलीको अवसर पारेर आफना गृह जिल्ला रौतहटको पिपरा बजारमा होलीके रंग, जनताके संग भन्ने नाराका साथ होली मिलन साँस्कृतिक समारोहको आयोजना गरेको थियो ।
रौतहट निर्वाचन क्षेत्र नं १ को ख बाट प्रदेशसभा सदस्यमा निर्वाचित प्रदेश सांसद समेत रहेका मन्त्री यादवले उक्त होली मिलन कार्यक्रममा आफना जिल्ला तथा क्षेत्रका जनतासँग होली खेलेका छन ।
सो क्रममा राज्य मन्त्री यादवले आफना क्षेत्रबासीसँग होलीको अवसरमा खुसीयाली सटासाट गर्दै सबैलाई होली पर्वको शुभकामना पनि दिएका हुन ।
मन्त्री यादवले कार्यक्रममा उपस्थित हजारौ पुरुषलाई गम्छा र महिलालाई साडी ओढाएर सम्मान गर्नुका साथै रंग अबिर लगाएर होली खेलेका हुन ।
कार्यक्रमलाई सम्बोधन गर्दै राज्य मन्त्री योगेन्द्र यादवले सबैलाई एक सुत्रमा बाँधन, एकता र सदभाव तथा एकआपसमा भाइचारा कायम राख्न आफुले होली मिलन साँस्कृतिक कार्यक्रमको आयोजना गरेको बताएका छन ।
असत्यमाथी सत्यको विजय भएको उपलक्ष्यमा प्रत्येक वर्ष होली पर्व मनाउने गरिएकोले हामी सबैले मिलेर असत्य व्यक्ति वा प्रकृया माथी विजय प्राप्त गर्नुपर्ने तर्क मन्त्री यादवले राखेका हुन ।
यस वर्षको होली पर्व शान्त र मर्यादित भएर सुरक्षित तवरले मात्र मनाउन मन्त्री यादवले सबैलाई आग्रह गरेका छन ।
मदिरा तथा नशालु पदार्थ सेवन नगरी सभ्य भएर मात्र होली पर्व मनाउनुपर्ने धारणा मन्त्री यादवले राखेका हुन ।
कार्यक्रममा जनकपुर र रौतहटको कलाकारहरुको टोलीले आफना प्रस्तुति दिएको थियो ।
जनकपुरकी गायीका स्मृति मिश्र, हास्य कलाकार अजय असगरुवा, पुजा, गायक सुरज मिश्र लगाएतका कलाकारहरुले होलीको गीतबाट दर्शकहरुलाई मनोरंजन गराएका थिए ।
कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य रेवन्त झा, माधवनारायण नगरपालिकाका मेयर विरेन्द्र यादव, सहितका पार्टीका विभिन्न नेता, कार्यकर्ता, कलाकार, सञ्चारकर्मी, सुरक्षाकर्मी लगाएत हजारौको उपस्थिती रहेको थियो ।
त्यस्तै कार्यक्रममा गरुडा नगरपालिका १ जयनगरका वडा अध्यक्ष सरोज यादवको नेतृत्वमा पाँच सय भन्दा बढी नेता कार्यकर्ताहरु कार्यक्रममा सहभागी भएका थिए । जयनगरका उदेश यादव, पप्पु यादव, उपेन्द्र राय, राजन राय, युवा नेता संजिव कुमार, जग्गा, राम बालम महतो, विरेन्द्र, विशमंगल, रामदेव कुश्वाहा लाएतका नेता कार्यकर्ताहरु कार्यक्रममा सहभागी भएका थिए भने पार्टीका युवा नेता श्याम विहारी यादवले कार्यक्रम सञ्चालन गरेका थिए ।