सागर संगम ठाकुर । राैतहट । चैत २० गते
रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकामा बिधुत्त सर्ट भई आगलागी हुँदा लाखौ मुल्य बराबरको क्षती भएको छ । शुक्रबारका दिउँसोको समयमा अचानक भएको आगलागीमा परि वडा नम्बर ५ पिप्रा टोल बस्ने स्थानिय गुलाबी साह कानुको खपडाको घरमा बिधुत्त सर्टभई आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीमा परि एउटा घर जलेर पुर्ण रुपमा नष्ट भएकाे छ । आगलागि हुँदा घर भित्र रहेको लत्ता कपडा अन्नपात, भाडावर्तन, फर्निचर लगायतका सरसमानहरु जलेर करिब दुई लाख मुल्य बराबरको क्षती भएको स्थानिय भोला यादवले जानकारी दिनु भयो । आगोलाई स्थानियबासीको सहयोगमा ईलाका प्रहरी कार्यलय देवाही गोनाही बाट खटिएका प्रहरी टोलीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक मेदनी साहले जानकारी दिनु भयो ।