धर्मेन्द्र कुमार यादव । महोत्तरी । चैत २२ गते
वन पैदावर सम्बन्धि प्रदित अधिकार संघिय सरकारले खोसिरहेको प्रदेश सरकारका वनमन्त्री रामनरेश रायले आरोप लगाउनुभएको छ ।
शनिवार महोत्तरीको वर्दिवासमा आयोजित नेपाल वन पैदावर उद्योग व्यवसायी संघ महोत्तरीको सधारणसभालाई सम्बोधन गर्नुहुँदै वनमन्त्री रायले पछिल्लो समयमा संघिय सरकारले प्रदेश सरकारको मातहतमा रहेको राष्ट्रिय वन क्षेत्र व्यवस्थापनामा संघीय सरकारले हस्तक्षेप गरेको मन्त्री रायले गुनासो पोख्नुभएको छ ।
प्रदेश सरकारले वन व्यवस्थान गर्न वन ऐन बनाउने क्रममा अब आफ्नो मातहतको वन क्षेत्र आफ्नै ऐन अनुसार व्यवस्थान गर्ने मन्त्री रायले प्रतिवद्धता जनाउनुभयो ।
नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघका केन्द्रीय सदस्य उमेश दाहालले प्रशासन र वन कार्यालले आफुहरुलाई तस्कार मात्रै देख्ने गरकोे टिप्पणी गर्नुभएको हो ।
नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघका केन्द्रीय महासचिव माधवमनी हुमागाईले सरकारले बुझाएको रकम बराबरको काठ सरकारले तुरुन्त हस्तान्तरण गर्नु पर्नेमा उनले जोड दिनुभयो ।
डिभिजन वन कार्यालय महोत्तरीका डिभिजन प्रमुख विनोद सिंहले देशभरीमा २० हजार वन पैदवार उद्योगी –व्यवासयी रहेको बताउनुभयो । वन निर्देशनालय प्रदेश २ का वन निर्देशक जगरनाथ जैसवालले वन नवीकरणीय श्रोत रहेको जनाउनुभएको हो ।