चैत्र २७ गते ।
नमस्कार स्वागत छ यहाँलाई हाम्रो यो वर्तमानकाल दैनिक पत्रिकाको नया संवाद मा
-धन्यवाद।
प्रश्न नम्बर -१ तपाई आफ्नो छोटो परिचय दिनु होस् ।
-मेरो नाम रमाकान्त चौरसिया हो। कटहरिया नगरपालिका वडा नम्बर -२ हथियाही घर हो र म जसपाको नेताको रुपमा कार्य गर्दैछु ।
प्रश्न नम्बर -२ जसपा को नेता हुनुहुन्छ , तपाई रौतहट क्षेत्र नम्बर -३ भित्र जसपा को के अवस्था देख्नुहुन्छ ? -जसपा को भन्नु पर्दा रौतहट क्षेत्र नम्बर -३ मा धेरै बलियो पार्टीको रुपमा चिनिने गरेका रहेछन। र आगामी दिनको चुनाबमा पनि हाम्रो पार्टी संघ ,प्रदेश र स्थानीय गरि सबै तहमा अग्र पंक्तिमा रहने म बिश्वासका साथ् भन्न चाहन्छु ।
प्रश्न नम्बर -३ बिगतका दिनमा बिभिन्न ठाउँमा धेरै पछाडी परेका जसपा पार्टी तपाईको ठाउँमा कस्तो तयारी गर्नु भएको छ ?
-जस्तै स्थानीय चुनाबमा हामिहरु राजपा आफ्नै हिसाबले चुनाब लड्यौ अनि संघिय समाजवादी फोरम नेपाल आफ्नै हिसाबले चुनाब लड्यो । त्यो हिसाबले कटहरिया नगरपालिकामा हामीले पराजय भोग्नु परेको थियो । आम पब्लिकको मांगके थियो भने तपाईहरु अलग अलग भोट माग्दै हुनुहुन्छ । एक भएर आउनुस र त्यसपछि आम पब्लिकको मांगलाई कदर गर्दै हामिहरुको श्रदय नेता राष्ट्रिय अध्यक्ष ज्युहरु पार्टीको एकीकरण गर्नु भो र हामि चुनाबमा लडेका थियौ ।
प्रश्न नम्बर -४ तपाईको पार्टी जसपा दुई पार्टी मिलेर एकीकरण भएको छ र यस कटहरिया नगरपालिकामा कतिको बलियो पार्टी भएको छ र आगामी दिनमा हुने चुनाब को के रणनीति रहेको छ ?
-हाम्रो यो जसपा पार्टी धेरै बलियो पार्टी हो र कटहरिया नगरपालिकामा पनि बलियो नै भन्न चाहन्छु र आगामी चुनाबमा पनि वडाध्यक्ष देखि मेयर पद सम्म पनि जसपा कै निर्वाचित हुने र स्थानीय सरकार जसपा कै हुने मलाई बिश्वाश छ ।
प्रश्न नम्बर -५ तपाई भाबी मेयरको पदमा लड्नुहुन्छ के यो सत्य हो अनि तपाई को कस्तो छ तयारी ?
– स्वाभाविक छ ,कि एक दलमा दुई ओट्टा पार्टी मिलेर एउटा पार्टी बनेको हो जुन हाम्रो जसपा हो । जसमा हाम्रो नेता कार्यकर्ता बीच भेला भएर छलफल हुन्छ वहाँहरुको विचारले मेयर पदको टिकेट लिने दिने घोषणा हुने म भन्न चाहन्छु ।
प्रश्न नम्बर -६ तपाई यस कटहरिया नगरपालिकाको नगरपालिका प्रमुख छन् स्थानीय सरकार प्रमुख छन् वहाँ हरुको गतिबिधि प्रति के कस्तो विश्लेषण रहेको छ ?
– दुई तिहाईको सरकारको प्रधामन्त्री के पी ओलीको सरकार हो। वाहाँ कै यस कटहरिया नगरपालिकामा स्थानीय सरकार रहेका छन् । वहाँको सरकार जनताहरुको बीच के कस्तो राम्रो र नराम्रो काम गरि रहेका छन् त्यो सबै जनताहरु देखि नै राखेका छन् । त्यसैले अबको आगामी चुनाबमा हाम्रो यो जसपा धेरै अगाडी जाने मलाई लाग्दछ ।
प्रश्न नम्बर -७ यहाँको यो कटहरिया नगरपालिकामा जनताहरुको समस्या धेरै रहेको छ त्यो समस्याहरुलाई चासो न देखाउनुमा तपाई को जसपा के कस्तो भूमिका निर्वाह गर्दैछन ?
-यो धेरै बिडम्बना हो ,कटहरिया नगरपालिकामा ५ ओट्टा वडामा नेकपा माओवादी कै निर्वाचित भएका छन् , सदस्य वहाँहरुकै ,कार्यपालिका सदस्य वहाँहरु कै र बहुमतको सरकार कटहरिया नगरपालिकाको वहाँहरु कै रहेको भएपनि कटहरिया नगरपालिकाको स्थानीय सरकार बहुमतको सरकार हो ,तर यसको परिसद कहिल्यै पनि समयमा नभएको देखिएको छ ,र जुन नगरपालिकाको जुन नगरसभा हुन्छ त्यो नगर भरिकै जनताको बिचमा पारदर्शी नभएको हो मात्र एउटा बन्द कोठामा भएको देखिन्छ ।
प्रश्न नम्बर -८ अन्त्यमा तपाई आफ्नो दुई शव्द जनता समक्ष केहि भन्न चाहनुहुन्छ ?
– तपाईको यो वर्तमानकाल दैनिक पत्रिकाको संवादको मध्यमबाट आम जनताहरुमा के भन्न चाहन्छु भने कुनै पनि किसिमका कुनै पनि दलको कुनै पनि जनप्रतिनिधि योजना लिएर जादैछ त्यसको उपभोक्ता समिति कोठा भित्र बसेर बनाउंदै त्यसको बहिष्कार गरौ र आम भेला गरेर उपभोक्ता समिति बनाए त्यसको स्वागत गरौ र कुनै पनि बिकाश निर्माणको काम भईरहेका छन् त्यो गुणस्तरीय होस् भनि म आफ्नो दुई शव्द यहि टुङ्ग्यौदै फेरी के भन्न चाहन्छु भने यो नयाँ साल २०७८ को सबै नगरबासी लगायत तपाईको यो वर्तमानकाल दैनिक पत्रिकाको होलटिमलाई म आफ्नो तर्फबाट धेरै धेरै शुभकामना दिन चाहन्छु , नमस्कार धन्यवाद ।
हवस्त धन्यवाद , तपाईलाई हाम्रो यो वर्तमानकाल दैनिकको यो सम्बादमा बहुमुल्य समय दिनु भएको मा ।
-धन्यवाद ।