चैत्र २९ गते
नमस्कार ,स्वागत छ यहाँलाई वर्तमानकाल दैनिक पत्रिकाको यो नयाँ संवादमा । २०७८ सालको शुभ अवसरमा धेरै धेरै शुभकामना दिन चाहन्छु ।
– धन्यवाद । सर्वप्रथम तपाईलाई अनि तपाईको वर्तमानकाल दैनिक पत्रिकाको होल टिमलाई २०७८ सालको शुभ अवसरमा धेरै धेरै शुभकामना दिन चाहन्छु । .
प्रश्न नम्बर -०१ तपाई आफ्नो छोटो परिचय दिनुहोस ।
-मेरो नाम समिश बिक्रम साह हो । म कटहरिया नगरपालिकाको वडा नम्बर – ८ निवासी हो । म अहिले जसपा को क्रियाशील कार्यकर्ताको रुपमा कार्यरत् छु ।
प्रश्न नम्बर -२ तपाइँ आफ्नो राजनीति शुरुवात कहाँबाट शुरु गर्नु भयो र कहाँबाट प्रेरणा पाउनु भयो ?
-म राजनीति प्रवेश गर्न म आफ्नो बुवाबाट प्रेरणा पाएको छु । र वहा जस्तै समाजमा काम गरेर देखाउछु भन्ने बिश्वाश लिएर राजनीतिमा लागेको छु । मेरो बुवा पूर्व वडाध्यक्ष हुनुहुन्थ्यो वाहाँ कै कामहरु हेरेर समाजलाई आगाडी बढाउन डिजाईन गरेर कामहरु गर्दै आएको छु ।
प्रश्न नम्बर – ३ तपाइँको बुवा बिगतका दिनमा समाजका लागि गर्नु भएका कामहरु प्रति जनताहरु स्मरण गर्नु हुन्छ वहाँ जस्तै तपाई समाजको बिकाशमा के कस्तो कामहरु गर्न सोच राख्नु भएको छ ?
– मेरो पनि सोच भन्नु पर्दा बुवा जस्तै काम गर्ने सोच रहेको छ । र बुवाको नाम रोशन गर्ने प्रति ध्यान केन्द्रित भएको छ । बिशेष गरेर समाजमा रहेका बिपन्न गरिब र दलितहरुलाई आगाडी बढाउने मेरो सोच रहेको छ ।
प्रश्न नम्बर – ४ तपाई राजनीतिमा सक्रिय हुनुहुन्छ कतिको सफल हुनुभएको छ ?
– जहान सम्म भन्नु पर्दा मैले जनताहरुको साथ् पाईरहेको छु । मलाई लग्छ आगामी दिनमा म आफ्नो वडामा राम्रै सम्मान पाऊछु । र समाजमा रहेका पिडित वर्गहरुलाई धेरै ध्यान दिन्छु अहिले म जनता आवास कार्यक्रम मार्फत ३० जना मुषहर समुदायका जनताहरुको लागि घर निर्माण काममा ब्यस्त छु । र यो काम म धेरै गुणस्तरीय रुपमा गराईरहेको छु ।
प्रश्न नम्बर -५ धेरै जना यस्तो नेताहरु छन् जुन राजनीति गरेर थाकी सकेका छन् तपाईलाई कस्तो लग्छ ?
– जनताहरुको सेवा गर्न केको थकाई लाग्छ केहि थकाई लाग्दैन , थकाई त्यो राजनीतिकर्मीलाई लाग्छ जुन आफ्नो व्यक्तिगत स्वार्थमा लिप्त हुन् खोज्छन । म त् त्यस्तो छैन म त मात्र आफ्नो समाजमा रहेका गरीब ,बिपन्न र दालित सामुदयका जानताहरुलाई सहयोग गरि खुशी पार्नु मात्र हो मलाई कुनै स्वार्थ छैन कि म दुई पैसाको लोभ गरूँ त्यस्तो म भित्र कुनै स्वार्थ छैन ।
प्रश्न नम्बर -६ तपाई यस कटहरिया नगरपालिकाको भावी वडाध्यक्ष हुनुहुन्छ तपाईलाई के लाग्छ ?
– त्यो मैले आफ्नो समाजमा गरेको कामको मुल्यांकनको आधारमा मात्र जनताहरुले मलाई यो नगरपालिकाको वडा नम्बर -८ को वडाध्यक्ष बनाउनु हुन्छ । र मलाई लाग्दछ कि आगामी चुनावमा मलाई जनताहरु वडा नम्बर – ८ का वडाध्यक्षको रुपमा हेर्न ईच्छुक हुनुहुन्छ म भन्न चाहन्छु ।
प्रश्न नम्बर -७ अन्त्यमा तपाइँ आफ्नो मनमा लागेका कुरा जनता समक्ष के के भन्न चाहनु हुन्छ ?
– म आफ्नो समाजमा रहेका जनताहरुलाई के भन्न चाहन्छु भने तपाईको नजरमा कुन नेता र कुन समाजसेवी राम्रो कामहरु गरेर देखाएको छ त्यसको मुल्यांकन गरेर मात्र आफ्नो बहुमुल्य मत खसाल्नु होला र आफ्नो समाजलाई स्वर्ग जस्तो बनाउनु होला ।
हवस्त। तपाईलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ,तपाई आफ्नो बहुमुल्य समय हाम्रो यो वर्तमानकाल दैनिकको बिशेष सम्बादमा दिनुभएको मा । २०७८ सालको शुभ अवसरमा धेरै धेरै शुभकामना दिन चाहन्छु ।
धन्यवाद ,प्रदीप जी तपाईलाई अनि तपाईको वर्तमानकाल दैनिक पत्रिकाको होल टिमलाई मेरो व्यक्तिगत तर्फ बाट २०७८ को नयाँ सालको शुभ अवसरमा धेरै धेरै शुभकामना व्यक्त गर्दै छुट्न चाहन्छु नमस्कार धन्यवाद ।