प्रदीप दास , चैत्र ३१ गते ।
नमस्कार ,स्वागत छ , यहाँलाई वर्तमानकाल दैनिक पत्रिकाको यो नयाँ संवादमा ।
धन्यवाद , मेरो व्यक्तिगत तर्फबाट तपाईलाई अनि तपाईको वर्तमानकाल दैनिक पत्रिकाको होलटिमलाई नयाँ साल २०७८ को शुभ अवसरमा उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना दिन चाहन्छु ।
प्रश्न नम्बर –१ सर्वप्रथम तपाईं आफ्नो परिचय छोटो परिचय दिनु होस् ।
– धन्यवाद प्रदिप जी तपाई र तपाईको वर्तमानकाल सम्पूर्ण टिमलाई, मलाई तपाईको पत्रिकाको माध्यमले मेरो केही कुरा राख्न मौका दिनुभएकोमा । म विवेक शर्मा हुँ , म रौतहट जिल्लाको गरुडा नगरपालिका वार्ड न. २ गेडही गुठीमा बस्छु । र म विवेकशील साझा पार्टीको केन्द्रिय सदस्यको साथै एक सामाजिक अभियन्ता पनि हु ।
प्रश्न नम्बर –२ तपाईलाई राजनीतिमा कसरि उत्सुकता आयो ,कसरि जाग्नु भयो राजनीति गर्नलाई ?
– तपाईले एक बडो सान्दर्भिक प्रश्न सोध्नु भएको छ । म राजनितीमा कसरी उत्सुकता जगाए भने यसलाई म तीन वटा बुदाले प्रस्ट्याउन चाहन्छु ।
क) यदि पहिलाका नेताहरुले वास्तवमा राजनितीलाई पेशा हैन सेवा बुझि हाम्रो र हाम्रो देशको उन्नती प्रगती गराएको भए सायद म राजनिती तिर लाग्दैनथे होला, म पनि समान्य युवा जस्तै आफ्नो कुनै अन्य पेशा जस्तैमा लागेर काम गर्थे होेला ।
ख) यदि यो देशमा रहेको युवाहरुको समस्या सरकारले बुझि दिएको भए पनि म सायद यो राजनिति तिर लाग्दैन थे होला । तपाई हामी सबैले जानेको र बुझेको कुरा हो प्रत्येक दिन हजारौको सख्यामा हाम्रो देशबाट बौद्धिक पलायन भइरहको अवस्था छ । यदि वाहाँहरुको पिडालाई बुझेर सरकारले स्वदेशमै रोजगारीको अवसर सृजना गरेर काम गर्ने वातावरण मिलाई दिएको भए आज हाम्रा ति हजारौ दाई, दिदि तथा भाई बहिनीहरुले विदेशमा गएर त्यति साह्रो र गाह्रो काम गदैनथे होला र वहाँहरुले पनि आफ्नो घरमै बसेर, स्वादेशमै वसेर राम्रो काम र राम्रो दाम पनि पाउथे होला ? । हो हामी युवाहरुलाई स्वदेशमै वसेर रोजगारीको अवसर प्रदान गरेर देशबाट बेरोजगरीको समस्या हटाई देशलाई रोजगार मुलक देश बाउन रहर लागेर ।
ग) हाम्रो सामाज, देश बनेन भने हामी दिनहु अर्कालाई दोसी लगाई रहेका हुन्छौ र अर्कालाई गाली गरी राखेका हुन्छौ भने आफै किन न राजनितिमा आई आफैबाट इमानको राजनिती गर्न मन लागेर र वास्तवमा समाज र देशबासीलाई सेवा गर्ने रहर जागेर म राजनितिमा अएको हुँ । र राजनिती एउटा फोहरी खेल हो र यो खेलमा इमान्दार व्यक्ति राजनिति गर्दैन भने भवनालाई चिर्नको लागि म राजनितिक रोजेको हुँ ।
प्रश्न नम्बर –३ तपाईंले राजनीति पेशा रोज्नु भएको छ ,राजनीतिमै लाग्नु तपाईंको मुख्य उद्देश्य के हो ?
– मैले राजनितिमा लाग्नुको मुख्य उद्देश्य यो देशमा जन सेवक सरकार, जनतालाई निःशुल्क शिक्षा र स्वास्थ्यको साथै रोजगारीको अवसर सृजना गर्नुको साथै उद्यमशिल समाज, पारदर्शी, पद्धती,लोक-कल्याणकारी लोकतन्त्र स्थपनाको लागि म राजनीति रोजेको हुँ । प्रदिप जि म तपाईलाई यहाँ सच्याउन चाहे म राजनीतिलाई पेशा होईन सेवा मान्द छु र म राजनीतिको माध्यमले जनताहरुलाई सेवा गर्न चाहन्छु त्यसकारण म राजनीति रोजेको हु । जब सम्म यो देशको सर्वसधारण जनताहरुले तथा एउटा किसानले निः शुल्क तथा गुणस्तरीय स्वास्थ्य सेवा, शिक्षा लिन सक्दैन र जब सम्म यो देशको हरेका युवाहरु स्वदेश मै बसेर रोजगारी गर्ने वातावरण सृजना हुदैन तब सम्म मेरो राजनीतिक यात्रा सफल हुदैन भने म तपाईको यो पत्रिकाको माध्यमबाट सम्पूर्ण पाठक वर्गहरुलाई जानकारी गराउन चाहे । मेरो राजनीतिक यात्रा तब पुरा र सफल हुनेछ जब हाम्रो देशको हरेक कुना कप्चाको बच्चाहरुलाई विद्यालयको पहुँच हुन्छ, कुनै पनि बाल-बालिकालाई खानाको लागि तथा लता कपडाको लागि समस्या हुदैन ।
प्रश्न नम्बर –४ राजनीतिमा युवाहरुलाई खासै अवसर दिइदैन , पहिला देखि नै योगदान दिएकाहरुले नै पहिला अवसर पाउने जस्ता राजनीतिज्ञहरुले बताएका हुन् , यसमा तपाईंको भनाई के छ ?
– तपाईले एकदमै सान्दर्भिक प्रश्न सोध्नु भएको छ । हो वास्तवमा नेपालको परिपेक्षमा प्राय : जसो सबै पार्टीमा युवाहरुलाई खासै अवसर दिइदैन यो हामी बुझेका छौ र हेरीरहेका छौ तर हाम्रो विवेकशील साझा पार्टीमा त्यस्तो अवस्था छैन यदि हाम्रो पार्टीको सदस्य हेर्नु भो भने ६० देखि ७० प्रतिशत युवाहरुनै देख्नु हुन्छ । र अझै यसमा राम्रो कुरा के हो भने प्राय:जसो २६ देखि ३५ वर्ष सम्मको युवालाई हेर्न सक्नु हुन्छ । किन कि हामी युवा वर्गलाई मुलधारको राजनीतिमा ल्याउन खोजिरहेका छौ । हामी बुजुर्गहरुबाट सिकेर युवाहरु देशको मुल राजनीतिमा आएर देशमा आमुल परिर्वन ल्याउन खाजेका छौ जुन अन्य पार्टी जस्तै एमाले, कम्युनिष्ट, काङ्ग्रेस,जसपा लगायत अन्य कुनै पनि पार्टीमा छैन । जब सम्म यो देशका मुल धारको राजनीतिमा युवा अघि सर्दैन तब सम्म यो देशको विकास हुन सक्दैन । अहिले पनि हामी यो देश बनाउने यात्रामा इमान्दार, जोसिला युवाहरुको खोजीमा छौ ।
प्रश्न नम्बर –५ तपाईं विवेकशील साझा पार्टीका केन्द्रिय युवा सदस्य हुनुहुन्छ ,देशको वर्तमान परिस्थितिलाई तपाई कसरि लिनु हुन्छ ?
– देशको वर्तमान परिस्थितिलाई हेर्दा अहिले जति पनि राजनीति भएको छ वा हुदैछ त्यो कही न कही व्यक्तिगत स्वार्थ , पदिय स्वार्थको लागि मात्र हाम्रा नेताहरुले राजनीति गर्दै आएका हुन । देशको संविधानको मर्म विपरित कार्य गर्न यदि कुनै लाज र डर लागेन भने अरु के गर्न लाज र डर लाग्छ । दुई तिहाईको सरकार भन्ने पार्टीले आफ्नो पार्टी भित्रको झगडा मिलाउन सारा नेपालीलाई धरापमा पार्ने किसिमको जुन कार्य भएको छ त्यो भन्दा निन्दनीय अरु के नै हुन सक्छ । व्यक्तिगत झगडाको कारण अहिले देश १० वर्ष पछाडी धकेलिएका छन । यसको जिम्मेवार को हुने ? यो सरकार अहिले पुरै भष्टाचारमै लिप्त भएको हो । अहिलेको परिपेक्षमा तल देखि माथि सम्म भ्रष्टाचार नै भ्रष्टाचार भइरहेको अवस्था छ तर हाम्रो प्र.म. ले भन्नु हुन्छ कि भ्रष्टाचारीको मुख पनि हेर्न चाहदिन । अव तपाईहरुले छुट्याउनुहोस र विचार गर्नुहोस अझै पनि यस्तै झोले नेताहरुलाई भोट दिनु हुन्छ ? यस्तै भ्रष्टाचारीहरुकै पछाडी लाग्नु हुन्छ ? अब विचार गर्ने समय आएको हो । अझै विचार गरेनौ भने हाम्रो समाज र देश ध्वस्त भएर जान सक्छ ।
प्रश्न नम्बर –६ तपाईं विवेकशिल साझा पार्टीका युवा नेता हुनुहुन्छ , जनताहरुको लागि के–के गर्नुभएको छ ?
– म खासै अहिले सम्म चाहे जस्तो गर्न सकेको छैन तर पहिला देखि नै समाजिक क्रियाकलापमा लागि परेका व्यक्ति हुँ । २०७४ सालको बाढीमा रौतहट जिल्लाको करिब ३५÷३६ गा.वि.स.मा गएर आफै साथीहरु सँग वास्तविक रिपोर्टीङ्ग गरेर आवश्यक राहत साम्रगीहरु उपलब्ध गराएका थिए जसमा केही पार्टीको माध्यमबाट त केही अन्य सहयोगी निकायहरुबाट राहत साम्रगीहरु बाडेको थिए । त्यस्तै , त्यसै वर्ष रौतहटको गौरको मचकुटीया, टिकुलिया, कनकपुर, जंगलसहीयामा मिन बहादुर बम र राजेश खत्रीको सहयोग र सहकार्यमा नि:शुल्क चर्पी निर्माण गराएका थिए जसमा म आफै पनि फिल्डमा दौडि दौडी काम गराएका थिए । गरुडामा रहेका अनाथालयमा चिसो मौसममा न्यानो कपडा सेट तथा खाद्यान सामग्रीहरु उपलब्ध गराएका थिए । त्यस्तै हरेक वर्ष चिसोको मौषममा रौतहटमा रहेको अति विपन्न गरिव, असहाय व्यक्तिहरुलाई न्यानो कपडा सहयोग गराउदै आएको छु । कोरोना जस्तो महामारीको बेलामा पनि हाम्रो सानो प्रयासको आर्थिक सहयोगमा र सृजनात्मक समाज कल्याण केन्द्रको सहकार्यमा रौतहटको करिब २००० परिवारलाई खद्यान, झुल, सेनिटाइजर, साबुन आदी साम्रगीहरु उपलब्ध गराको थिए र लगभग १५ वटा क्वारेन्टाईन सेन्टरमा स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएको थिए । यस्को साथै मेरो यात्रा सहयोगको लागि जारीनै रहने छ ।
प्रश्न नम्बर –७ अन्त्यमा तपाईं जनताहरु माझ के संदेश छोड्न चाहनुहुन्छ ?
– अन्त्यमा म जनताहरुलाई के सन्देश दिन चाहन्छु भने जहिले पनि सत्यको पछाडीको हिडनुहोस हाम्रो समाज बन्छ । तपाई हामी जस्तो युवा वर्गको साथ दिनुहोस हामी तपाईहरुलाई सेवक सरकार दिनेछौ । जसमा तपाईलाई गुणस्तरीय शिक्षा, स्वास्थ्य, झन्झटमुक्त तथा भ्रष्टाचार रहित सरकारी कार्यालय दिनेछौ । देशबाट बेरोजगारी समस्या, खानेपानीको समस्या, यातायातको समस्या हामी आफनै पालामा हटाउनेछौ मात्र तपाईहरुको साथ र सहयोगको आवश्यकता रहेको छ। हामी सबै नेपालीको जय होस र नेपाल आमाको जय होस ।
हवस्त। तपाईलाई धेरै-धेरै धन्यवाद । हाम्रो यो वर्तमानकाल दैनिकको बिशेष सम्बादमा तपाई आफ्नो बहुमुल्य समय दिनुभएकोमा र नयाँ साल २०७८ को शुभ अवसरमा सुख ,शान्ति ,समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना दिन चाहन्छु ।
– धन्यवाद , प्रदीप जी तपाईलाई अनि तपाईको यो वर्तमानकाल दैनिकको होल टिमलाई नयाँ साल २०७८ को शुभ अवसरमा उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना दिन चाहन्छु । जुन मेरो मनको दुई शव्द जनताहरुको माझ राख्न मौका दिनुभएको मा । नमस्कार , धन्यवाद ।