गरुडा प्रहरीले जग्गा खिचोलाको फरार प्रतिवादीलाइ गर्यो पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ बैशाख ५, आईतबार (४ साल अघि)
  • ६ पटक पढिएको
गरुडा प्रहरीले जग्गा खिचोलाको फरार प्रतिवादीलाइ गर्यो पक्राउ


आरके श्रीवास्तव । रौतहट । बैशाख ०५ गते
गरुडा प्रहरीले जग्गा खिचोलाको फरार प्रतिवादीलाइ पक्राउ गरेको छ । जिल्ला रौतहट साविक गा.वि.स.समनपुर वडा नं.३ परिवर्तित गढीमाई न.पा.वडा नं.३ मा बस्ने सत्यनारायण प्रसादको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी जिल्ला रौतहट गा.वि.स.समनपुर वडा नं.३ हाल परिवर्तित गढीमाई न.पा.वडा नं.२ मा बस्ने स्व.रामअशिष बनियाको छोरा बर्ष ४५ को श्रीराम साह बनिया भएको तेश्रो पटक चलन मुद्दामा निजलाई जग्गा खिचोला गरे बापत २०,०००।–जरिवाना लागेकोमा लगत नं.२३७३ बाट उक्त जरिवाना बेरुजु असुल उपरको लागि उनलाई पक्राउ गरिएको हो । इप्रका बाट खटिईएको प्रहरी टोलीले मिति २०७८ बैशाख ०१ गते १ बजेर ३० मिनटको समयमा उनकै गाउँ घरमा फेला पारी पक्राउ गरी दाखिला हुन आएकोले श्रीराम साह बनियालाई मिति २०७८÷०१÷०३ गते सम्मानित रौतहट जिल्ला अदालतमा उपस्थित गराउँदा जरिवाना तिर्न नसकी कारागार कार्यालय गौर रौतहटमा पठाएको इप्रका गरुडाले जनाएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस