वर्तमानकाल समाचारदाता । रौतहट । बैशाख ०५ गते
कटहरिया नगरपालिकामा जनता आवास अन्तर्गत मुसहरहरुको घर धमाधम बनिरहेको छ । सो नगरपालिकाको विभिन्न वडाहरुमा अहिले धमाधम घर बन्दैछन् । कटहरिया नगरपालिका वडा नम्बर ९ स्थित रहेको मुसहरि टोलमा घरहरु बनिरहेका छन् । फुसको घरमा बस्दै आएका उनीहरुको पक्की घर निर्माण हुन थाले पछि उनीहरु अहिले हर्षित छन् । स्थानिय यूवा नेता शमिस विक्रम साहको पहलमा प्रदेश २ सरकारको महक्तपूर्ण योजना अन्तर्गत उक्त घरहरु अहिले ७५ प्रतिशत सम्म निमार्ण कार्य सम्पन्न भइसकेका छन् । उक्त टोलमा ३० वटा घरहरु अहिले निमार्णधिन अवस्थामा रहेका छन् । बाँकि रहेका घरहरु अर्को लौटमा बन्ने साहले बताए । प्रदेश २ सरकारका भौतिक पुर्वाधार बिकाश मन्त्रालय द्वारा जनता अवास कार्यक्रम अन्तर्गत मार्फत दलितहरुको लागि पकी घर बनाउन शुरु गरिएको छ । प्रदेश सरकारले प्रदेश २ का आठ जिल्लामा बसोबास गर्ने दलित अति बिपन्नमा पर्ने मुसहर, र डोम जातीहरुको लागि सो भवन निर्माण गर्न लागिएको हो । जनता अवास कार्यक्रम अन्तर्गत कटहरिया नगरपालिका वडा ९ मुसहरीटोलमा मुसहरहरुको लागि पकी घर अब बन्नको लागि यस अघि नै शिलान्यास गरिएको थियो । जनताको हरेक सुख दुखमा आफु साथ हरदम तयार रहेको यूवा नेता साहले बताए । मुसहरहरको लागि घर बनाउन प्रदेश २ सरकारले महक्तवपूर्ण योजना ल्याएको प्रदेश सरकारलाइ धन्यवाद दिदैँ साहले अर्को चरणमा अति विपन्न समुदायहरु समेत समेटन वहाँले आग्रह गर्नु भयो ।