दिपेन्द्र जयसवाल । बारा । बैशाख ५ गते
कलैया सिटी जेसीजले कलैया नगरी भित्र अध्ययनरत ६० जना बिद्यार्थीहरूलाई जेसिज परिचय तथा मोटिभेसनल तालिम दिएको छ । कलैया स्थित मनोकामना कलेजको सभाहलमा वर्ष २०२१ का अध्यक्ष जेसी शम्भु गुप्ताको अध्यक्षता एवम् कलैया उपमहानगरपालिकाका शिक्षा युवा तथा खेलकुद महाशाखाका प्रमुख विजय अधिकारीको प्रमुख आतिथ्यमा भएको तालिम कार्यक्रममा विशिष्ठ अतिथि कलैया सिटी जेसिजका पूर्व अध्यक्ष जेसि रामबाबु कुशवाहा, पूर्वअध्यक्ष जेसि धनिलाल सर्राफ, जेसि बैजु दास, जेसी सन्दिप बरै लगायतकाको सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि अधिकारीले तालिम कार्यक्रम लाई सम्बोधन गर्दै अन्य समाजिक संघ संगठन जस्तै जेसिजले समेत समाजमा रहेका हालका विभिन्न खाले बिकृती बिसङ्गती लाई चिर्न भुमिका खेल्नु पर्नेमा जोड दिएका छन ।हाल युवाहरु कुलतमा फस्दै गैइरहेको प्रती चिन्ता व्यक्त गर्दै अधिकारिले जेसिजले त्यसका लागि समेत विभिन्न खालका चेतनामुलक कार्यक्रम ल्याउन सल्लाह दिएका छन ।अहिले बिश्व ब्यापी रुपमा कोरोनाको कहर रहेको प्रती इङित गर्दै अधिकारिले सबैले स्वास्थ्य मापदण्ड पूरा गर्न समेत आग्रह गरेका छन । जेसिजले राम्रा काम गरिरहेको भन्दै हालका अध्यक्ष गुप्तालाई धन्यवाद समेत व्यक्त गरेका छन । सोही अवसरमा अध्यक्ष गुप्ताले आफ्नो कार्यकालमा सबैको अपनत्व हुने कार्यक्रम ल्याउने प्रतिबद्धता जाहेर गरेका छन ।कार्यक्रम संयोजक तथा महासचिव पवन कुशवाहाले बिद्यार्थी भाईबहिनिहरुलाई जेसिजको बारेमा पुर्ण जानकारी हुनुपर्छ भन्नेमा धेरैको सल्लाह आए बमोजिम आफुले यो कार्यक्रम गरेको बताउदै अझ पनि बिद्यार्थीहरुलाई समाजिक दायित्व बहन गराउन यश खालका कार्यक्रम ल्याउनेमा आफू लागेको बताएका छन । तालिममा सहजीकरण कलैया सिटी जेसीज वर्ष २०१५ का अध्यक्ष जेसी गंगा सागर कुशवाहाले गरेका थिए ।तालिम कार्यक्रमका संयोजक एवम् २०२१ का महासचिव पवन कुमार कुशवाहाले कार्यक्रम सञ्चालन गरेका हुन