राजेन्द् महतो । सिरहा । बैशाख १५ गते
लहान नगरपालिकाका मेयर मुनी साहले शिक्षक सरुवा गरेर आफ्नो हैकमताको प्रदर्शन गरेको छ ।
पटक पटक लहानक्षेत्रका शिक्षकलाई व्यक्तिगत रिसिवी र आफ्ना गोजीका शिक्षकलाई प्रअ बनाउँन मेयर साहले शिक्षक सरुवा गर्दै आएको छ ।
लहान नगरपालिकाले शिक्षकको सरुवा कानून बिपरीत गरेको भन्दै शिक्षक संघसंगठनले मेयर साहको विरोधमा आन्दोलनमा उत्रिने चेतना दिएका छन् ।
नेपाल शिक्षक संघका अध्यक्ष अरविन्दकुमार दास, नराशि संगठनकी उपाध्यक्ष मिना कार्की, एकीकृत अनेशि संघका प्रतिनिधि नेपाली साह र संघीय समाजवादी शिक्षक फोरम लहानका उपाध्यक्ष ओमप्रकाश महतोका हस्ताक्षरमा जारी विज्ञप्तीले शिक्षक सरुवाको विरुद्ध आन्दोलनमा उत्रिने उल्लेख छ ।
शिक्षकका पेसागत सुरक्षा र बिकासका लागि काम गर्ने नेपाल राष्ट्रिय शिक्षक संगठन ,पालिका स्तरीय समिति लहान लगायतका संस्थाले लहान नगरपालिकाले शिक्षा ऐन २०२८ तथा नियमावली बिपरीत सरुवा गरेको भन्दै आइतवार जिल्ला प्रशासन कार्यालय, सिरहामा ज्ञापन–पत्र समेत शिक्षकहरुले बुझाएका छन् । उता, प्रशासनद्वारा प्रतिबेदन माग शिक्षकको ज्ञापनपत्र बुझ्दै सिरहा प्रशासनले ,सरुवामा के भएको हो रु सो सम्वन्धमा बुझी प्रतिवेदन पेस गर्न शिक्षा विकास तथा समन्वय इकाइ ,सिरहालाइ परिपत्र गरेको छ । लहान नगरपालिकाले पहिलो चरणमा १३ दोस्रो चरणमा ७० तेस्रो चरणमा ५ जना राहत शिक्षक चौथो चरणमा २७ जना र पांचौ चरणमा १७ जना गरि १ सय ३२ जना शिक्षकको सरुवा शिक्षा ऐन बिपरित रहे न रहेको बुझी प्रतिबेदन पेस गर्न परिपत्र गरेको हो ।
कानून बिपरितका शिक्षक सरुवा नसच्याए आफुहरु आन्दोलनमा जाने चेतावनी शिक्षकका नेताहरुले दिएका छन् । यसैबीच, नागरिक समाजकातर्फबाट पत्रकार दिनेश्वर गुप्ताले लहानका शिक्षकलाई सरुवाको कुनै आवश्यकता छैन । विद्यालय व्यवस्थापन गरी गुणस्तर शिक्षाको लागि पहल गर्न लहान नगरपालिकाका मेयर मुनी साहको काम हो भन्दै गुप्ताले शिक्षक सरुवा गरेर विद्यार्थीको जीवनसँग खेलवाड नगर्न चेतावनी दिएका छन् ।
गुप्ताले लहानका मेयर साहले निर्माण विकासदेखि शिक्षक सरुवा बढुवामा जुन अनियमिता गरिरहेको छ त्यसको विरोधमा आफु खुलेर आन्दोलनमा अग्रसर रहने बताएका छन् । शिक्षक आन्दोलनलाई नागरिक समाजसँग जोड्दै पत्रकार गुप्ताले मेयर मुनी साहको हैकम प्रवृति अब चल्दैन, शिक्षकहरुसँग हामी नागरिक समाज मेयर साह विरोध सडक तताउँनुपर्छ उनले बताए । शिक्षकहरुले ७ दिन भित्र सरुवा बदर नगरे आफुहरु चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका हुन ।