राजेन्द् महताे । लहान । बैशाख १५ गते
सिरहाको नवराजपुर गाउँपालिका भगवतीपुर तमासुइयाँमा बैशाख ९ गते बालदेखि बृद्ध महिलालाई कुटपिट गरेको छ ।
कुटपिट गरी घाईते भएका महिलाहरुले न्यायको लागि ईलाका प्रहरी कार्यालय लहानमा उजुरी दिएका छन् । महेशवारी प्रहरीले घटनाप्रति चासो नलिएपछि पीडितहरु बैशाख ११ गते लहान प्रहरीमा उजुरी दिएका छन् ।
गाउँब्लकको जग्गा विवादमा छिमेकीले ४ बर्षीय प्रिन्सकुमार यादव, ६८ बर्षीया मुनरी यादव, ४५ बर्षीया फेकनीकुमारी यादव ,३५ बर्षीया विनिताकुमारी यादव र ३० बर्षीया घुरनीदेवी यादवलाई निर्घात कुटपिट गरी बेहोश पारे । कुटाईबाट पीडित विनिता यादव दूई दिनदेखि बेहोस रहेका थिए । घाईतेहरुलाई उपचार भइरहेको छ ।
रामवृक्ष यादवका हजुर बुवा जनक यादवका नाममा रहेको घर जग्गामा छिमेकी महतोपक्षले जबरजस्ती घर निर्माण गर्न लाग्दा यादवपक्षले रोक्न जाँदा कुटपिट गरिएको हो ।
पीडितपक्षले छिमेकी पवन महतो, चन्दन महतो, भुटाई महतो, नथुनी महतो, फुदिया महतो, महेन्द्र महतो, इन्द्र महतो र उदगार महतोविरुद्ध लहान प्रहरीमा उजुरी दिएका छन् ।
महतोपक्षले महिला र नबालकलाई कुटपिट गरी बेहोस बनाउँदा पनि प्रहरीले चासो नलिएको भन्दै पीडितहरु पत्रकार खोज्दै गुनासो पोख्न वतर्मानकाल समाचारदाता सकक्षा पुगेका थिए ।