राजेन्द् महतो । लहान । १५ बैशाख
कर्मचारीको लापरवाहीले सेवाग्राही दुःख पाउँछन् । त्यसैको शिकार भएका छन् सप्तरीको सुरुँगा नगरपालिका ८ की मानकी भण्डारी ।
२०७३ माघ ३ गते साविक मलहनमा १ की सचिव सुनितादेवी चौधरीले देवीलाल भण्डारीको एक मात्र छोरा हो भनी सरजमिन मुचुल्का गरिदिइन् । जहाँ देवीलाल भण्डारीका बेचन भण्डारी र जगररनाथी भण्डारीगरी दूई छोरा छन् ।
देवीलाल भण्डारीको नाममा रहेको मोही जग्गा एकल पास गराउँनको निम्ति बेचन भण्डारीले आर्थिक प्रलोभन दिएर सचिव चौधरीसँग यस्तो मुचुल्का गराएको दावी छ । मुचुल्कामा स्थानीय श्रीलाल साह, कृष्णकुमार साह, महिनारायण चौधरी, बच्चालाल चौधरीसहितको हस्ताक्षर रहेको छ । देवीलालका दुवै छोराले जग्गा धनी विजय सिँह राजपुतको २ विघा जोत्दै आएका थिए । यता, एकल छोरी हुँ भने बेचन भण्डारीले नक्कली मुचुल्का गराएर १ विघा जग्गा आफ्नो नाममा लिखित गराएको छ । जसमा ४ कठ्ठा जग्गा विक्री समेत गरिसकेको छ । देवीलालकी बुहारी मानकीदेवी यस्तो घटना जानकारी पाएलगतै न्यायको लागि अदालत जाने तयारी गरेको छ । आफ्नो हक नपाएको भन्दै मानकीले सुरुँगा ८ का वडाध्यक्ष इन्द्रदेव चौधरीसँग अदालत प्रक्रिया पुर्याउँन आवश्यक सिफारिस माग गर्न गएका थिए । तर, वडाध्यक्ष चौधरीले सिफारिस नगरिदिएको मानकीदेवीको गुनासो छ । वडाध्यक्ष चौधरीले ‘देवीलालको दूई छोरा हो भनी सिफारिस त गरिदिएकै छु ।’ ‘अरु के गरिदिने रु उल्टो प्रश्न गर्छन् ।