आरके श्रीवास्तव । रौतहट । बैशाख २९ गते
रौतहट जिल्लाको गुजरा नगरपालिमा सामुदायिक भवनको शिलान्यास गरिएको छ । आज एक कार्यक्रमका बिच रौतहट क्षेत्र न ३ (क) का प्रदेश सभा सदस्य माननिय नागेन्द्र राय यादवले शिलान्यास गर्नु भएको हो । वहाँको संसदीय विकास कोषको १० लाख रकम बाट सो भवन निर्माण गराउन लाग्नु भएको हो । गुजरा नगरपालिकाको वार्ड नम्बर ८ जयराजपुर टोलमा चौधरी समुदायिक भवन को शिलान्यास सम्पन्न भएको विधालय यादवले जानकारी गराउनु भयो । यस आर्थिक वर्षमा काम सम्पन्न हुन नसकेको खण्डमा अर्को वर्ष आफनो संसदीय कोष बाट भवनको बाँकि काम सम्पन्न गराउने वहाँले बताउनु भयो ।