आरके श्रीवास्तव । रौतहट । ४ जेठ
रौतहटको गरुडा नगरपालिकाका एक वडा अध्यक्षको मृत्यु भएको छ । रौतहटको गरुडा नगरपालिकाको वडा न। ७ का वडा अध्यक्ष राम ईशवर राय यादवको उपचारको क्रममा मृत्यु भएको हो । फोक्सो रोग बाट ग्रसित वडाध्यक्ष यादवको निधन भएको स्थानीय जयप्रकाश पटेलले जानकारी गराउनु भयो । रौतहटमा पछिल्लो समय विभिन्न फोक्सोको रोगले पिडित भएपछि वडा अध्यक्ष यादवलाई १५ दिनअघि काठमाडौंको ग्राण्डी अस्पतालमा भर्ना गरि उपचार गराउदै आउनु भएको थियो । उपचाररत रहनु भएका ५५ वर्षिय यादवको स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो । सोही क्रममा वडा अध्यक्ष यादबको सोमबार बेलुका निधन भएको गरुडा नगरपालिकाले जनाएको हो ।