दिपेन्द्र जयसवाल,बारा
जेष्ठ ६
गरेकोछ । दोस्रो चरणको कोरोना महामारीमा जिल्लामा अक्सिजन र ओक्सीमीटरको अभाव देखिएकोले महागढीमाई फाउन्डेस नेपाले महागढीमाई नगरपालिका स्वास्थ शाखाको सह संयोजक अजय कुमार सिंह र जनस्वास्थ्य निरीक्षक मनोज चौरसियाको हाथमा २० ओटा ओक्सीमीटर हस्तान्तरण गरेको हो ।महागढीमाई फाउन्डेसन नेपालले सर्बसधारण , कर्मचारी , राजनितिक दल, कार्यकार्ता , र महागढीमाई फाउन्डेसन नेपालको विभिन्न पद आधिकारीहरुको आर्थिक सहयोगमा ओक्सीमीटर खरिद गरि महागढीमाई नगरपालिकाको स्वास्थ शाखालाई हस्तान्तरण गरेको हो । गतहप्ता देखि महागढीमाई नगरपालिकाले २० शौय्याको आइसुलेसन ब्यवस्थित ढङ्गले गरेको संचालनमा केही अभाव नदेखिपनि महागढीमाई फाउन्डेसन नेपालले थप सहयोग हुनेगरी ओक्सीमीटर सहयोग गरेको महागढीमाई फाउन्डेसन नेपालका उपाध्यक्ष प्रेम यादवले बताउनु भएको छ । महागढीमाई फाउन्डेसन नेपालले कोरोना महामारीको बेला समाजको लागि सराहनीय काम गरेको स्थानीय बासीको भनाई छ । ओक्सीमीटर हस्तान्तरण कार्यक्रमा महागढीमाई फाउन्डेसन नेपालका , सह सचिव रबिराज कुशवाहा कार्यकारी सदस्य संतोष कुशवाहा , सोनु गुप्ता , सल्लाहकार राजेश्वर कुशवाहा , ओमनरायण चौरसीया , बजरङ्गी साह , प्रदिप साह लगायत सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।