रौतहट–१ का कांग्रेस सभापतिको हृदयघातबाट निधन

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र ११, बुधबार (५ घण्टा अघि)
  • १४१ पटक पढिएको
रौतहट–१ का कांग्रेस सभापतिको हृदयघातबाट निधन

रौतहट, ११ चैत। नेपाली कांग्रेस रौतहट क्षेत्र नम्बर–१ प्रदेश (क) का सभापति अबधकिशोर साहको निधन भएको छ ।  हृदयघातका कारण साहको गए राति निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

उनको असामयिक निधनले अत्यन्त मर्माहत बनाएको र पार्टीले एक योद्धा गुमाएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व प्रतिनिधिसभा सदस्य देबप्रसाद तिमल्सिनाले बताए ।

साहको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको रौतहट कांग्रेसले जनाएको छ ।  नेपाली कांग्रेस, मधेश–प्रदेश प्रचारप्रसार विभाग प्रमुख नितेश गुप्ताले साहको निधनले स्तब्ध बनएको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस