कार्कीको रिट सर्वोच्चमा, सुनुवाइका लागि मंसिरअघि नै पेशी

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ कार्तिक २१, शुक्रबार (१ घण्टा अघि)
  • ५४ पटक पढिएको
कार्कीको रिट सर्वोच्चमा, सुनुवाइका लागि मंसिरअघि नै पेशी

काठमाडौं ,२० कात्तिक। निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ ।

आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको दाबीसहित कार्कीले सर्वोच्च अदालतमा पेश गरेको रिट निवेदन बिहीबार दर्ता भएको हो ।

उनले हिजो (बिहीबार) वकिलहरूमार्फत सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । उक्त रिटमा कात्तिक ३० गतेका लागि पेशी तोकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।

बिहीबार ‘अध्ययनका क्रममा रहेकाले बिहीबार निवेदन दर्ता हुन नसकेको’ बताइएको थियो ।

सरकारले निवर्तमान प्रहरी महानिरीक्षक कार्कीलाई हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको छ । कार्कीले मन्त्रिपरिषद्को निर्णयको पत्र बुझेका छैनन् ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस