सुनसरी–४ मा कांग्रेस अधिवेशनमा विवाद, मतदान प्रक्रिया रोकियो

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन १४, बुधबार (१ दिन अघि)
  • ५६ पटक पढिएको
सुनसरी–४ मा कांग्रेस अधिवेशनमा विवाद, मतदान प्रक्रिया रोकियो

सुनसरी,१४ असोज।  नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुनसरी निर्वाचन क्षेत्र नं. ४ को क्षेत्रीय अधिवेशनमा मतदानका क्रममा विवाद चर्किएपछि दुई पक्षबीच हात हालाहाल भएको छ ।

लौकहीस्थित सिटी हलमा क्षेत्रीय सभापति पदका उम्मेदवार गफार अन्सारी र मनोज साह पक्षबीच मतदानका क्रममा विवाद भएको हो । मतपत्रका विषयमा प्रश्न उठेपछि विवाद सुरु भएको र त्यसक्रममा धकेलाधकेल तथा हात हालाहाल भएको बताइएको छ ।

विवादका क्रममा मतपेटिका लडेको र मतपत्र छरपस्ट भएको बताइएको छ। दुवै पक्षले घटनाबारे एकअर्कामाथि आरोप लगाएका छन् ।

विवादका कारण केही समय मतदान प्रक्रिया प्रभावित भएको थियो। घटनामा उम्मेदवारसहित केही मतदाता घाइते भएको र मतपत्रसमेत छरपस्ट भएको जानकारी पाएपछि कांग्रेस केन्द्रीय निर्वाचन समितिले सुनसरी–४ को निर्वाचन प्रक्रिया तत्काल अघि नबढाउन निर्देशन दिएको हो।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतदान भइसकेका मतपत्रसहितको मतपेटिका जिल्ला प्रहरी कार्यालयमा सिलबन्दी गरी सुरक्षित राखिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस