एमाले पुनर्गठन कार्यदल बैठकमा ओलीको उपस्थिति, छलफल तीव्र

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ २६, मंगलबार (११ घण्टा अघि)
  • ३९ पटक पढिएको
एमाले पुनर्गठन कार्यदल बैठकमा ओलीको उपस्थिति, छलफल तीव्र

काठमाडौं, २६ जेठ। उपाध्यक्ष रामवहादुर थापा ‘बादल’ संयोजक रहेको नेकपा एमाले पुनर्गठन कार्यदलको पहिलो बैठकमा अध्यक्ष केपी शर्मा ओली पनि सहभागी भएका छन् ।

बैठक एमाले पार्टी कार्यालय च्यासलमा मंगलबार सुरु भएको हो ।  बैठकमा कार्यदलको कार्यविधि निर्माणबारे छलफल हुने बुझिएको छ ।

ओली मंगलबार बिहान ११ बजेअघि नै पार्टी कार्यालय च्यासल पुगेका थिए ।

जेठ १० गते एमाले केन्द्रीय सचिवालयको आठौं बैठकले पार्टी शुद्धीकरण, सुदृढीकरण तथा रूपान्तरण सहितको पुनर्गठन कार्ययोजना तयार गर्न थापाको नेतृत्वमा १५ सदस्यीय कार्यदल बनाएको थियो । कार्यदललाई एक महिनाभित्र प्रतिवेदन बुझाउने समयसीमा तोकिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस