निर्माण व्यवसायी साह पक्राउ, ११ मुद्दामा अदालतबाट सजाय

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन १६, शुक्रबार (१८ घण्टा अघि)
  • ८७ पटक पढिएको
निर्माण व्यवसायी साह पक्राउ, ११ मुद्दामा अदालतबाट सजाय

रौतहट ,१६ असोज। बैंकिङ कसुरसहित ११ वटा मुद्दामा अदालतबाट कैद र जरिवानाको सजाय सुनाइएका रौतहटका निर्माण व्यवसायी दयाराम प्रसाद साह पक्राउ परेका छन् । लामो समयदेखि फरार रहेका साहलाई प्रहरीले पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो ।

रौतटको गरुडा नगरपालिका–७, भिम्डावर निवासी साहलाई प्रहरीले मंगलबार चन्द्रनिगाहपुरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रहरीका अनुसार देवेन्द्रकुमार कर्णसहित ११ जनाले छुट्टाछुट्टै दिएको जाहेरीका आधारमा साहविरुद्ध बैंकिङ कसुरलगायत ११ वटा मुद्दा दर्ता भएका थिए। ती मुद्दामा रौतहट जिल्ला अदालतले करिब ६ महिनाअघि साहलाई ३ महिना १५ दिन कैद र ५६ लाख ८२ हजार ५०० रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो ।

अदालतको फैसला कार्यान्वयन नगरी फरार रहेका साहलाई पक्राउ गरेपछि प्रहरीले बिहीबार फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा उपस्थित गराएको जनाएको छ ।

लामो समयदेखि निर्माण व्यवसायमा संलग्न साह रौतहट निर्माण व्यवसायी संघका अध्यक्षसमेत भइसकेका व्यक्ति हुन्। उनले पप्पु कन्स्ट्रक्सनसँग संयुक्त उपक्रम (जेभी) मा रौतहटका विभिन्न स्थानमा पुल निर्माणको ठेक्का लिएका थिए। तर, तीमध्ये केही पुलको निर्माण कार्य पूरा हुन नसकेको बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस