कप्तानगञ्ज घटनाको स्थलगत अध्ययन गर्न छानबिन समिति पुग्यो

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण १३, बुधबार (१ घण्टा अघि)
  • २९ पटक पढिएको
कप्तानगञ्ज घटनाको स्थलगत अध्ययन गर्न छानबिन समिति पुग्यो

सुनसरी, १३ साउन। सुनसरीको देवानगञ्ज गाउँपालिका ३ कप्तानगञ्जमा आइतबार राति भएको घटनाको छानबिनका गर्न गठित छानबिन समिति घटनास्थलमा पुगेको छ ।

आइतबार राति दुई समूहबीच भएको विवाद नियन्त्रणका म्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको थियो । ९ जना घाइते भएका छन् ।

घटनाको विरोधमा प्रदर्शन उग्र भएपछि गृह मन्त्रालयले सोमबार छानबिन गृहमन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो ।

सोमबार नै विराटनगर आएको समितिले घट्नाका घाइतेलाई भेटेर बयान लिएको थियो । बुधबार बिहान घटनास्थल पुगेको हो । घटनास्थल पुगेको टोलीले घटनास्थलको निरीक्षणपछि स्थानीयवासीसँग सोधपुछ गरेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस