दल त्यागपछि एमालेका ८ वडाध्यक्षको पद रिक्त घोषणा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ २७, बुधबार (२ घण्टा अघि)
  • ३२ पटक पढिएको
दल त्यागपछि एमालेका ८ वडाध्यक्षको पद रिक्त घोषणा

काठमाडौं, २७ जेठ। निर्वाचन आयोगले दल त्याग गरेका नेकपा एमालेका ८ जना वडाध्यक्षहरूको पद रिक्त भएको घोषणा गरेको छ।

आयोगले बुधबार दल त्याग गरी पद रिक्त भएको बारे एक सूचना प्रकाशन गर्दै २०७९ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित भई हाल अन्य दलमा प्रवेश गरेका जनप्रतिनिधिहरूको पद स्वतः रिक्त भएको जानकारी गराएको हो।

किन गयो पद ?

सूचनाअनुसार राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम दल त्याग गरेको व्यहोरासहितको निर्णय एमालेको केन्द्रीय सचिवालयले आयोगलाई पठाएको थियो।

सोही कानुन र केन्द्रीय सचिवालयको निर्णयको प्रतिलिपिका आधारमा आयोगले जेठ २६ गते उनीहरूको पद स्वतः रिक्त भएको निर्णय गरेको हो।

यी हुन् पद रिक्त भएका वडाहरू :

१. कमल बहादुर बानिया – मोलुङ गाउँपालिका, वडा नं. १ (ओखलढुंगा, कोशी प्रदेश)

२. कमल तामाङ – मोलुङ गाउँपालिका, वडा नं. ६ (ओखलढुंगा, कोशी प्रदेश)

३. शुरेश कुमार थापा – चम्पादेवी गाउँपालिका, वडा नं. ७ (ओखलढुंगा, कोशी प्रदेश)

४. राज कुमार पन्थी – माथागढी गाउँपालिका, वडा नं. १ (पाल्पा, लुम्बिनी प्रदेश)

५. होमप्रसाद बजगाई – बागमती गाउँपालिका, वडा नं. ७ (ललितपुर, बागमती प्रदेश)

६. राम कुमार श्रेष्ठ – लेटाङ नगरपालिका, वडा नं. ४ (मोरङ, कोशी प्रदेश)

७. महेश कुमार खनाल – रंगेली नगरपालिका, वडा नं. १ (मोरङ, कोशी प्रदेश)

८. मधुसुदन शर्मा – घोराही उपमहानगरपालिका, वडा नं. ४ (दाङ, लुम्बिनी प्रदेश)

ताजा अपडेट

खोजी गर्नुहोस