धनकुटामा १,५८० ट्याब्लेट र क्याप्सुल लागुऔषधसहित एक युवक पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण १३, बुधबार (४५ मिनेट अघि)
  • २६ पटक पढिएको
धनकुटामा १,५८० ट्याब्लेट र क्याप्सुल लागुऔषधसहित एक युवक पक्राउ

धनकुटा, १३ साउन। धनकुटाको शहीदभूमि गाउँपालिकाबाट प्रहरीले प्रतिबन्धित लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।

शहीदभूमि गाउँपालिका वडा नं. ६, पानिटारका रायबहादुर राईको घरमा खानतलासी गर्दा उनका १८ वर्षीय छोरा रबिन राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

खानतलासीका क्रममा घरमा लुकाइछिपाइ राखिएको अवस्थामा ७५ पत्ता अर्थात ७५० क्याप्सुल ट्रमाडोल-५०, डाइसाक्लोमाइन हाइड्रोक्लोराइड आईपी २० एमजी ४६ पत्ता अर्थात ४६० ट्याब्लेट र डाइसाक्लोमाइन एचसीआई आईपी २० एमजी  ३७ पत्ता अर्थात ३७० ट्याब्लेट बरामद भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।

बरामद गरिएका प्रतिबन्धित लागुऔषधसहित राईलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धनकुटामा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस