धारिलो हतियार प्रहारबाट इलाममा एक जना घाइते, तीन आरोपी पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ कार्तिक १७, सोमबार (५५ मिनेट अघि)
  • २७ पटक पढिएको
धारिलो हतियार प्रहारबाट इलाममा एक जना घाइते, तीन आरोपी पक्राउ

इलाम,१६ कात्तिक।  इलामको इलाम नगरपालिका–४, छ्यारछारेमा धारिलो हतियार प्रहारबाट ३२ वर्षीय सुवास लोहार घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।

आज दिउँसो करिब ४:३० बजे सोही स्थान बस्ने २२ वर्षीय सुजनबहादुर लोहार, २१ वर्षीय निश्चल सागर र १९ वर्षीय सुदीप लोहारले सुवास लोहारमाथि धारिलो हतियार प्रहार गरेका थिए। हतियार प्रहारबाट उनको गाला, टाउको र खुट्टामा चोट लागेको छ।.

घाइते सुवासलाई उपचारका लागि जिल्ला अस्पताल इलाम लगिएको छ र त्यहाँ उनको उपचार भइरहेको छ। धारिलो हतियार प्रहारमा संलग्न तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस