तलब नपाएको भन्दै कटहरिया नगरपालिकामा कर्मचारीद्वारा तालाबन्दी

तलब नपाएको भन्दै कटहरिया नगरपालिकामा कर्मचारीद्वारा तालाबन्दी

 

असोज २३ गते । रौतहट,

रौतहटको कटहरिया नगरपालिकामा कार्यरत स्थायी, करार तथा दैनिक ज्यालादारी कर्मचारीहरूले बडा दशैंको मुखमा तलब नपाएको भन्दै आज नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन्।

करिब १५ महिनादेखि तलब नपाएको भन्दै कर्मचारीहरूले कार्यालयको मुख्य गेटमा तालाबन्दी गरेपछि नगरपालिकाको नियमित कामकाज ठप्प भएको छ।

कर्मचारीहरूका अनुसार प्रमुख प्रशासकीय अधिकृत रामविनय सिंहकोज सरुवा भएपछि र उहाँको ठाउँमा कमल ज्ञवाली आउने भएपछि यस्तो समस्या आएको हो। लामो समयदेखि तलब नपाउँदा दैनिक जीवनयापन गर्न समेत कठिनाइ भएको कर्मचारीहरूले गुनासो गरेका छन्।

“जबसम्म हाम्रो १५ महिनाको तलब भुक्तानी हुँदैन, तबसम्म नगरपालिकाको कार्यालय खुल्न दिँदैनौं,” आन्दोलित कर्मचारीहरूले बताए।

स्थायी, करार तथा दैनिक ज्यालादारी कर्मचारीहरूले पारिश्रमिक नपाउँदा चरम आर्थिक समस्या झेल्नुपरेको भन्दै तत्काल तलब भुक्तानीको माग गरेका छन्। चाडपर्वको बेला समेत तलब नपाउँदा कर्मचारीहरू आक्रोशित बनेका हुन्।

रौशन चौधरी ।

असोज २३, रौतहट /

‘जुन जोगी आए पनि कानै चिरेको’ भन्ने नेपाली उखान रौतहटको कटहरिया नगरपालिकामा चरितार्थ भएको देखिएको छ। नगरपालिकामा कार्यरत करार तथा ज्यालादारीका कर्मचारीले लामो समयदेखि तलब नपाएको भन्दै पटक–पटक आन्दोलन र तालाबन्दी गर्दै आए पनि समस्या समाधान हुन नसक्दा उनीहरू पुनः आन्दोलनमा उत्रिएका छन्।

बडा दशैंजस्तो महान् चाड नजिकिँदै गर्दा पनि तलब भुक्तानी हुने कुनै संकेत नदेखिएपछि कर्मचारीहरूले शुक्रबार कटहरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामविनय सिंहको कार्यकक्षसहित विभिन्न शाखामा तालाबन्दी गरेका छन्। लामो समयदेखि तलबको प्रतीक्षामा रहेका कर्मचारीले पटक–पटक आश्वासन पाए पनि व्यवहारमा तलब नपाएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको बताएका छन्।
नगरपालिकामा कार्यरत करार तथा ज्यालादारीका कर्मचारीले आफूहरूले नियमित रूपमा काम गर्दै आए पनि पारिश्रमिक नपाउँदा दैनिक घरखर्च चलाउनसमेत कठिनाइ भइरहेको गुनासो गरेका छन्। दशैं नजिकिएसँगै परिवारका सदस्यका लागि नयाँ कपडा किन्ने, मीठो खानेकुरा खाने तथा चाडपर्व मनाउने सामान्य चाहनासमेत पूरा गर्न नसक्ने अवस्था आएको उनीहरूको भनाइ छ।
नगरपालिकामा कार्यरत करारका कर्मचारी रञ्जित साहले आफूहरू १५ महिनादेखि तलब नपाएर आर्थिक समस्यामा परेको बताए। प्रमुख प्रशासकीय अधिकृत रामविनय सिंहले तलब भुक्तानी गर्ने आश्वासन दिएको भए पनि सरुवा भएपछि फेरि भुक्तानी प्रक्रिया अन्योलमा परेको उनको भनाइ छ।

‘हामी १५ महिनादेखि आफ्नो पेट काटेर काम गरिरहेका छौँ। आजभोलि तलब आउँछ भन्ने आशामा बस्दै आएका थियौँ। तर, दशैंको मुखमा आएर हाकिमको सरुवा भएपछि फेरि हाम्रो तलब भुक्तानी नहुने हो कि भन्ने चिन्ता बढेको छ,’ यादवले भने।
अर्का करारका कर्मचारी राजीव यादवले इमानदारीपूर्वक काम गर्दा पनि पारिश्रमिक नपाउँदा आजित भएको बताए। ‘हाम्रो पनि घरपरिवार छ, बालबालिका छन्। हामीलाई पनि दशैंमा आफ्ना छोराछोरीका लागि कपडा किनिदिऊँ, परिवारसँग बसेर मीठो खानेकुरा खाऔँ र खुसीसाथ चाडपर्व मनाऔँ भन्ने इच्छा हुन्छ। तर, नगरपालिकाले हाम्रो आशालाई सधैँ निराशामा परिणत गर्ने गरेको छ । कर्मचारीहरूले तलब भुक्तानी नभएसम्म तालाबन्दी नखोल्ने अडान लिएका छन्।
यस विषयमा नगर प्रमुख अजय प्रकाश जैसवालले करार तथा ज्यालादारीका कर्मचारीको तलब भुक्तानी गर्न कार्यपालिका बैठकबाटै निर्णय गरिएको बताए।
नगर प्रमुख जैसवाल अनुसार कार्यपालिका बैठकबाटै करार तथा ज्यालादारीका कर्मचारीलाई तलब खुवाउने निर्णय गरेका हौँ। यसअघि पनि सबै कर्मचारीको पैसा भुक्तानी गर्न बजेट छुट्याएर दिन भनेको थिएँ। तर, प्रमुख प्रशासकीय अधिकृतहरूले आज गरिदिन्छौँ, भोलि गरिदिन्छौँ भन्दै टार्दै आएका छन् ।
नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रामविनय सिंहको सरुवा भएपछि उनको स्थानमा कमल ज्ञवाली आउने भएपछि कर्मचारीको तलब भुक्तानीको विषय थप अन्योलमा परेको बताइएको छ। नयाँ हाकिम आएपछि समस्या बुझ्न र भुक्तानी प्रक्रिया अघि बढाउन थप समय लाग्ने भन्दै कर्मचारीले दशैंअघि तलब पाउने सम्भावना कमजोर भएको बताएका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस