नक्कली स्टिकर लगाएर म्याद सकिएका खाद्य वस्तु बिक्री, दुई पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन १७, शनिबार (१ घण्टा अघि)
  • ४५ पटक पढिएको
नक्कली स्टिकर लगाएर म्याद सकिएका खाद्य वस्तु बिक्री, दुई पक्राउ

काठमाडौँ ,१७ असोज। म्याद गुज्रिएका खाद्यान्नमा नयाँ मिति र नक्कली लेबल लगाएर बिक्री वितरण गरिरहेको आरोपमा प्रहरीले काठमाडौँबाट दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा बारा प्रसौनी गाउँपालिका-१ घर भई हाल काठमाडौँको तिनथाना बस्ने ४० वर्षीय विजेन्द्र साह र पर्सा बिन्दावासिनी गाउँपालिका-२ घर भई हाल तिनथाना नै बस्ने ४९ वर्षीय अखिलेस प्रसाद कलवार रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँ र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले चन्द्रागिरि नगरपालिका-१५ तिनथानास्थित सिद्धिविनायक खाद्य स्टोरमा स्थलगत अनुगमन गर्दा उनीहरूलाई नियन्त्रणमा लिएको हो। अनुगमनका क्रममा म्याद गुज्रिएका खाद्य सामग्रीमा नयाँ मिति राखी रि-लेबलिङ  गरिरहेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस