पूँजीगत खर्चको सुस्त गति आगामी वर्ष तोड्छौं : अर्थमन्त्री

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ १४, आईतबार (१ महिना अघि)
  • ६३ पटक पढिएको
पूँजीगत खर्चको सुस्त गति आगामी वर्ष तोड्छौं : अर्थमन्त्री

काठमाडौं, १४ असार। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीगत खर्चको वर्तमान हविगत आगामी वर्षबाट तोड्ने दाबी गरेका छन् ।

चालु आर्थिक वर्षको बजेट कार्यान्वयन हेर्दा आजसम्म ३५ प्रतिशत मात्र पनि पूँजीगत खर्च नभएको स्वीकार गर्दै उनले आगामी वर्षबाट सो अवस्था नआउने दाबी गरे ।

प्रतिनिधिसभामा उठेका प्रश्नको जवाफ दिँदै उनले पूँजीगत खर्च बढाउन सके त्यसले राजस्व संकलनमा समेत सुधार आउने बताए ।

उनले नयाँ बजेटले सुधारका धेरै क्षेत्रमा हात हालेको भन्दै अर्को वर्षबाट त्यसको नतिजा देखिने दाबी गरे ।

‘अहिलेको सरकारले अघिल्लो सरकारले बनाएको बजेट कार्यान्वयन गरिरहेको छ’ सम्बोधनका क्रममा उनले भने । शिक्षा र स्वास्थ्यमा लगाइएका समता शुल्कले भुइँ मान्छेलाई असर नगर्ने दाबी उनले पुनः दोहोर्याएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस