बुंगल नगरपालिका तोडफोड गर्ने २ जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन १, बुधबार (७ महिना अघि)
  • २९ पटक पढिएको
बुंगल नगरपालिका तोडफोड गर्ने २ जना पक्राउ

बझाङ, ०१ भदौ। जिल्लाको बुंगल नगरपालिका तोडफोडमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाउँमा ३० वर्षीय रामचन्द्र जोशी र ३५ वर्षीय यज्ञराज जोशी रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।

भदौ २४ गते बुंगल नगरपालिका मेयर जयबहादुर धामी र उपमेयर धनबहादुर बोहराको कार्यकक्ष तथा निवासमा तोडफोड गरी टेबल, कुर्सी र कागजात जलाएको घटनामा संलग्नता रहेको भन्दै उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक सूचना अधिकारी लोकेन्द्र ठगुन्नाले जानकारी दिए ।

मङ्गलवार पक्राउ परेको दुवै जनालाई उपद्रो गर्न नहुने मुद्दा दर्ता गरिएको छ। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय बझाङको हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस