सुनको भाउमा भारी गिरावट, एकैदिन तोलामा ८ हजारभन्दा बढी सस्तो

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ कार्तिक १६, आईतबार (१ घण्टा अघि)
  • ४८ पटक पढिएको
सुनको भाउमा भारी गिरावट, एकैदिन तोलामा ८ हजारभन्दा बढी सस्तो

रौतहट ,१५ कात्तिक। आइतबार एकैदिन सुनको मूल्य तोलामा ८ हजार ३ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ७२ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८० हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा उच्च दरले सुनको मूल्य घटेसँगै नेपाली बजारमा प्रभाव देखिएको महासंघले जनाएको छ । गत वर्षको माघ १५ गते नेपाली बजारमा सुनको मूल्य तोलाको ३ लाख ३९ हजार रुपैयाँसम्म पुगेको रेकर्ड छ ।

त्यस्तै आज चाँदीको भाउ पनि तोलामा १७५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ८२५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ६५० रुपैयाँमा झरेको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस