रविले आह्वान गरेको सर्वदलीय बैठक हर्क साम्पाङले गरे बहिष्कार

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ २५, सोमबार (११ घण्टा अघि)
  • ३० पटक पढिएको
रविले आह्वान गरेको सर्वदलीय बैठक हर्क साम्पाङले गरे बहिष्कार

काठमाडौं, २५ जेठ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बहिष्कार गरेका छन् ।

‘सर्वदलीय बैठकमा हामी गएनौं । अर्कै कार्यक्रम भएकाले भ्याएनौं’ अध्यक्ष साम्पाङले अनलाइनखबरसँग भने ।

लामिछानेले आजै सर्वदलीय बैठक बोलाएका हुन् । सिंहदरवारमा बस्ने गरी आह्वान गरिएको बैठकमा प्रमुख पार्टीका सभापति/अध्यक्षलाई आमन्त्रण गरिएको थियो । तर, श्रम संस्कृति पार्टीका तर्फबाट कोही पनि उपस्थित भएनन् ।

भारत भ्रमण सकेर फर्किएपछि लामिछानेले शीर्ष नेताहरूसँग संवाद गर्न लागेका हुन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस